दाङको ग्वार खोलाले बगाउदा एक जनाको ज्यान गयो


साउन २७, दाङ ।

दाङमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ टरिगाउँ निवासी ४५ वर्षीय पर्शुराम चौधरीको स्थानीय ग्वार खोलाले बगाउँदा मृत्यु भएको हो ।

आफन्तको घर गएर फर्किने क्रममा चौधरीलाई खोलामा आएको बाढीले बगाएको र आइतबार मात्र १ किलोमिटर टाढा शव फेला परेको हो ।

प्रकाशित मिति : २०७५ साउन २७ गते आइतवार