मिना खड्का
साउन २७, सल्यान ।
अन्तराष्ट्रिय युवा दिवसको दिन सल्यानमा एउटा नयाँ युवा कलव स्थापना भएको छ ।
जिल्लाको शारदा नगरपालिका २ खलंगाका युवाहरु मिलेर द लोयल युथ कलव स्थापना गरेका छन् । समाजमा रहेका विकृतीलाइ निर्मुल गरि शान्तीको वातावरण निर्माण गर्ने उद्देश्यले कलव स्थापना गरिएको बताइएको छ ।
आज अन्तराष्ट्रिय युवा दिवसको दिन गठन गरिएको १९ जना सदस्य भएको कलवको अध्यक्षमा मदन चन्द चयन भएका छन् । त्यस्तै उपाअध्यक्षमा घमण्ड ओली, सचिव युवराज बुढाथोकी, सहसचिव, सुरज ओली, कोषाअध्यक्ष रविन्द्र विष्ट रहेका छन् । त्यसैगरी कलवको सल्लाकारमा नविन प्रकाश हमाल रहेका छन् ।
अब तत्कालको लागी कलवले कानुनी रुपमा जिल्ला प्रशासन कार्यालय सल्यानमा गई दर्ता प्रक्रियामा जाने अध्यक्ष मदन चन्दले बताएका छन् । उनका अनुसार छिटै जिल्लामा खेलकुद कार्यक्रम राखी युवामा भएका हरेक किसिमका विकृतीहरुलाई विस्तारै निर्मुल पार्ने र त्यसको लागी विभिन्न क्षेत्रबाट सहयोगको अपिक्षा राखेका छन् ।