• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

अन्तराष्ट्रिय युवा दिवसकाे दिन दाङमा युवाले गरे सरसफाइ


देविराम कुसारी

साउन २७, दाङ  ।

अन्तराष्ट्रिय युवा दिवसलाई दाङकाे गाेल्टाकुरीका युवाले काम गरेर मनाएका छन् ।  दिवशलाई भाषणमा भन्दा पनि व्यवहारीक प्रयाेगमा ल्याउनु पर्ने भन्दै गाेल्टाकुरीका शान्ति स्वयम् सेवक युवाहरुकाे सक्रियतामा मावि मधपुरकाे प्राङ्गन सरसफाई गरिएकाे हाे ।

शान्ति दुत देविराम कुसारीकाे अगुवाईमा भएकाे सरसफाईमा कार्यक्रममा विद्यालयकाे वार, प्राङ्गण, साैचालय अाेरपर झाडि काट्ने, फाेर व्यवस्थापन गर्ने लगाएका काम गरीएकाे थियाे । कार्यक्रममा विद्यालयका प्रधानाध्यपक खेमराज बुढाथाेकीले यसरी भाषणमा मात्रै सिमित दिवसलाई नेपाल महिला सामुदायिक सेवा केन्द्र घाेराही र नागरिक अावाजले युवामा ल्याएकाे सचेतनाकाे प्रशंसा गरेका  थिए ।
यसैगरी सि यम पि अार कार्यक्रम अन्तरगत नै साविक फुलवारी गाविसमा पनि सरसफाई कार्यक्रम र वक्तित्वकला प्रतियाेगिता सम्पन्न भयाे ।

युवा क्लवका सचिव सृजना नेपालीकाे अध्यक्षतामा भएकाे शान्ति निर्माणमा युवाकाे भसमिका विषयक वक्तित्वकला प्रतियाेगितामा प्रथम सृजना नेपाली, दुतिय अनिता नेपाली, तृतिय वालिका वलि भएका थिए । कार्यक्रमकाे सहजिकरण छिता खड्काले  गरेकी हुन ।

प्रकाशित मिति : २०७५ साउन २७ गते आइतवार