युबा दिबसको अवसरमा सल्यानकाे दार्मामा भलिबल प्रतियोगीता


सरिता चलाउने
साउन २८, सलयान ।
अन्तराष्ट्रिय युबा दिबसको अबसरमा अाइतबार सल्यानको दार्मा गाउँपालीकामा मैन्त्रीपुर्ण भलिबल प्रतियोगीता सम्पन्न भएको छ । दार्मा गाउँपालीका युवा सुचना केन्द्रको आयोजनामा तथा दलित बिकास समाज सेभ्द चिल्ड्रेनको सहयोगमा फारुलाचौरमा भलिबल प्रतियोगीता सम्पन्न भएको हो ।

युवा सुचना केन्द्रका अध्यक्ष कुशल चन्दको अध्यक्षतामा भएको भलिबल प्रतियोगीताको उदघाटन गाउँपालीकाका अध्यक्ष निम बहादुर केसि अरुणले गर्नुभएको थियो । भलिबल प्रतियोगीतमा दार्मा गाउँपालीका कर्मचारी परिवार र गाउँपालीका भित्रका युवाहरुको सहभागीता रहेको थियो ।

जस्मा भलिबल प्रतियोगीतामा प्रथम दार्मा गाउँपालीका कर्मचारी परिवार, दृतिया जनज्वती माबि फारुलाचौर र दार्मा गाउँपालीका कर्मचारी बि टिम परिवार तृतिया भएको दार्मा गाउँपालीका वडा नम्बर २ का सचिब लाल बहादुर वलीले बताए ।

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार