• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

विप्लव पार्टीकाे राेल्पाबाट चेतावनी : ‘गिरफ्तार नेताहरूलाई रिहाई नगरे देशमा आँधी हुरी आउछ’


साउन २८, राेल्पा ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले पक्राउ परेका अाफ्ना नेता कार्यकर्ताहरुलार्इ विनासर्त तत्काल कारबाही नगरे देशमा आँधी हुरी आउने राेल्पाबाट चेतावनी दिएकाे छ । राेल्पाकाे लुंग्रीमा अाइतबार भएकाे भण्डाफोर तथा ध्रुवीकरण एवं योङ रेड फोर्स लुंग्रीको सम्मेलनको उद्घाटन गर्दै पार्टीका जिल्ला सेक्रेटरी प्रयासले यस्तो चेतावनी दिएका हुन् ।

पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलाई सामाजिक दलाल सरकारले गैरन्यायिक एवं गुण्डाशैलीमा गिरफ्तार गरेको आरोप लगाउँदै उनले विनाशर्त छिटै रिहाईको माग गरेका छन् । आफुहरुले देशमा युद्ध नचाहेको प्रष्ट पार्दै सरकारले नै पार्टीका नेता कार्यकर्ताहरुलाई विना कारण गिरफ्तार गरी झुटाे मुद्दा लगाएर अघोषित युद्ध शुरु गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

“हामीहरू कसैलाई मार्ने र मर्ने खेलमा छैनौं तर कसैले देशको स्वाभिमानमा आँच आउने काम गर्छभने, कसैले देशको ढुकुटीमाथि ब्रम्हलूट गरेर भ्रष्ट गर्छ भने त्यसलाई जनताको माझमा जनताकै आदेशानुसार कारवाही गर्छौं”-सेक्रेटरी प्रयासले- -“हामीले कुनै पार्टीका दलाल, भ्रष्ट नेताहरुलाई जनकारबाही गर्दा गाउँघरमा त्यसका फ्याउराहरुले डाको छोडेर विरोध गर्छन् भने त्यसलाई पनि छोडिन्न तर नेता त हाम्रै हो बदमासी गर्थ्यो कारबाही भयो ठीकै भयो भन्छ भने फरक पार्टीमा भए पनि कुनै प्रवाह छैन र त्यसलाई हाम्रो मित्र नै मान्छौं ।”

उनले देशमा इमान्दार, क्षमतावान एवं राजनीतिक व्यक्ति भन्दा पनि अधिकांश कर छल्ने, भ्रष्ट, दलाल तथा ठेकेदारहरुले चुनावी टिकट प्राप्त गरी जितेकाे बताएका छन् ।  अहपले चुनाव जितेकाहरुले चुनावी खर्च निकाल्न जनताहरुलाई महंगो करको भारी जबर्जस्त बोकाइएको उनले बताए । उनले भने-“जनताले भोट हालेर जिताएको स्वयंसेवक भएर सेवा गर्लान् भनेर हो । यसरी चर्को कर संकलन गरेर तलब भत्ता खालान् भनेर होइन ।”

नेपाली युवाहरूले विदेशमा पसिना बगाएर कमाएको पैसाले कर तिर्न पनि नगुग्ने दाबी गर्दै नेता प्रयासले यस्ता प्रकारको कर तिर्न जनतालाई कुनै कर नभएको अभिव्यक्ति समेत सार्वजनिक गरेका छन् ।

सोही कार्यक्रमलाई संबोधन गर्दै नेकपा रोल्पाका सचिवालय सदस्य हेमन्तले आफुहरु वास्तविक शान्ति र समृद्धिभन्दा टाढा नगएको बताउँदै शान्ति र समृद्धिको लागि बलिदान दिन पनि पछि नहट्ने उद्घोष गरे। यसैगरी योङ रेड फोर्स रोल्पाका अध्यक्ष पृथ्वीले सरकारले नेपाली युवाहरूलाई देशमै रोजगारको प्रशस्त संभावना हुँदाहुँदै पनि विदेशतिर लगेर बेचेको आरोप लगाउँदै त्यसको विरुद्धमा सम्पूर्ण युवाहरू एक जुट भएर लड्न अपिल गरे ।

नेकपा एमाले, माले, माके, जनमोर्चा तथा नेपाली काँग्रेसका गरी झण्डै तीन दर्जन स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए भने जनसमुदायको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रमले लिलाबहादुर जिसीको अध्यक्षतामा ४ जना पछि थप्ने गरि २५ सदस्यीय योङ रेड फोर्स, लुंग्रीको समेत निर्माण गरिएको छ ।

दीनेशको संचान तथा टाइगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जलजला जनसाँस्कृतिक परिवारको बेजोड साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार