• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

भाेली साउन २९ गते नेपाल बन्द, आज देशभर मसाल जुलुश निकालिदै


साउन २८, काठमाण्डाैँ ।
नेपाल कम्युनिष्ट पार्टीले आज (सोमवार) देशभर मसाल जुलुश निकाल्ने तयारी गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्ड सहितका नेता कार्यकर्ता गिरफ्तार गरेको बिरोधमा मसाल जुलुश निकाल्न लागेको हो ।

पूर्व घोषित कार्यक्रम अनुसार आज मसाल जुलुश निकाल्ने र भोली साउन २९ गते १ दिनका लागि नेपाल बन्दको आह्वान समेत गरेको छ । गएको मंगलबार काठमाडौँको दक्षिणकालीबाट ‘प्रकाण्ड’सहित तीनजना पक्राउ परेको विरोधमा नेकपाले नेपाल बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो । उनीहरु सहित यस अघि पक्राउ परेका सबैको विनाशर्त रिहाको माग गर्दै बन्दको पूर्व सन्ध्यामा आज मसाल जुलुश निकाल्न लागेको सो पार्टीले जनाएको छ । यही साउन २२ गते साँझ पार्टी कामको शिलाशिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा गिरफ्तार परेका प्रकाण्डलाई काठमाडौं जिल्ला अदालतले आइतबार दोस्रो पटक थप २ दिन म्याद थप गरेको छ । टेकु हिरासतमा राखिएका प्रकाण्डलाई गिरफ्तार लगत्तै मानसिक यातना दिएको र उनका सहयोगि हरिचन्द आचार्य सहितका केहि केन्द्रिय नेताहरुलाई सारिरिक र मानसिक यातना दिएको भन्दै नेकपाको यस पटकको नेपाल बन्द कडा हुने बुझिएको छ ।

उता आफ्ना बुबालाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले हिजो नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । प्रकाण्ड सहित सहयोगी हरिचन्द्र आचार्य, सवारी चालक मनबहादुर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनले गृहमन्त्रालय र मन्त्री, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर तथा त्यसका प्रमुख विरुद्ध अदालतमा निवेदन दर्ता गराएका हुन् । प्रहरीले आफ्ना बुबालाई पक्राउ गरेपछि औषधिसमेत सेवन गर्न नदिएको, हातमा हत्कडी लगाएर निकृष्ट व्यवहार गरिएको र आँखामा पट्टी बाँधी शारीरिक तथा मानसिक यातना दिएको निवेदनमा दाबी गरिएको छ ।

यसअघि साउन २५ गते देशव्यापी कोणसभा गरेको नेकपाले २६ गते काठमाण्डौका तीन स्थान सहित देशका मुख्य मुख्य शहरहरुमा विरोधसभा र २७ गते भण्डाफोर लगायतका कार्यक्रम गरिसकेको छ । नेकपाका महासचिव विप्लवले यसअघि नै साउन २३ गते नै विज्ञप्ती जारि गरेर चरणबद्ध अान्दाेलनका कार्यक्रम घाेषना गरेका थिए ।

विज्ञप्ती पढ्नुहाेस्

प्रकाण्ड गिरफ्तारका यी समाचारहरु पढ्न छुटाउनु भयाे की ?

जेलबाट निस्किसकेपछि सरकारसँग गिरफ्तार गर्नुको स्पष्ट जवाफ माग्छु : प्रकाण्ड (जेलभित्रैबाट अन्तरवार्ता)

दश वर्ष सँगै जनयुद्व लडेर गृहमन्त्रीकाे कुर्सी पाएका बादलले प्रकाण्डलार्इ अपराधि भने

दाहालले भने- ‘ओलीले हत्यारालाई मन्त्री बनाउने तर राजनीतिक नेता प्रकाण्डलाई हत्कडी ?’

प्रकाण्डले भने- “हत्कडीको के कुरा, जनताको अधिकारका लागि बलिदान दिन तयार छौं” (भिडियोसहित)

प्रकाण्डका सहयोगी बिमर्शको बयनः अाँखामा पट्टी बाँधेर रातभरी पाइपले पिट्‍दा संकटकाल सम्झिएँ

नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि विप्लवकाे कडा चेतावनी, साउन २९ गते नेपाल बन्द

नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ

प्रहरीले पेस्तोल देखाउँदै नेकपाका प्रवक्ता प्रकाण्डको डेरामा छापा मार्यो

 

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार