• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

निवेदन दियौं , पैसा पनि बुझायौ तर पानी खान पाएनौ ।


पूर्ण के.सी. साउन २८ , दाङ । तुलसीपुर ९ दोधरे टोलवासि र सोही ठाउँकै कैलास नगर टोलका करिब २५० बढी घरले धाराको पानी खान पाएका छैनन् । जसले गर्दा आजभोलि वर्खाको समयमा पानीको समस्या झेल्नुपरेको छ । तुलसीपुर खानेपानीको कार्यालयमा धाराको लागि निवेदन दिएको २ वर्ष सम्ममा पनि आफुहरुले सेवा लिन नपाएको र के कारणले धारा आएन जानकारी पनि नभएको स्थानीय देवराज कडेलको भनाई छ । अमृतपुर खानेपानीलाई धाराको लागी पैसा बुझाएको धेरै समय हुदा पनि त्यहा धारा नपुगेको र तुलसीपुर खानेपानी सस्थाले पनि आफुहरुलाई वास्था नगरेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार