• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

“सल्यानका पत्रकार पैसामा बिकेकाे देखेकाे छु, पर्दाफास गर्न तयार छु” : नगरप्रमुख बुढाथाेकी


लेकाली अनलाइन
साउन २८, सल्यान ।

सल्यान बागचाैर नगरपालिकाका नगरप्रमुख लाेकमान बुढाथाेकीले सल्यानका पत्रकारहरु पैसामा बिक्छन् भन्दै अाफु प्रमाण देखाउन तयार भएकाे बताएका छन् ।

उनले मिडियामा काम गर्ने सल्यानका पत्रकारहरुलार्इ पैसा दिदा एउटा समाचार लेख्ने र पैसा नदिएपछि अर्काे समाचार लेख्ने भन्दै पत्रकारिता माथि नै अाराेप लगाएका छन् । अघिल्लाे दिन एउटा समाचार लेख्ने र भाेलिपल्ट पैसा दिएपछि अर्काे समाचार लेख्ने पत्रकार अाफुले देखेकाे भन्दै त्यसकाे प्रदाफास समेत अाफुले गरिदिने उनले बताएका छन् ।

समाचारकाे विषयमा लेकाली अनलाइन सँग कुरा गर्दा उनले यस्ताे बताएका हुन् ।  साउन २५ गते राप्ती राजमार्गमा पर्ने बागचाैर ठिनबाङ खाेलाकाे सडककाे अबस्था र साेहि ठाउँ नजिकै रहेकाे फाेहाेरकाे थुप्राे लागेकाे फाेटाेलार्इ हाम्राे लेकाली अनलाइनले प्रकाशित गरेकाे थियाे  । पटकपटक नगरपालिकाले सरसफाइ गर्दा पनि जनमानसले सडक छेउमा फाेहाेरकाे थुप्राे किन लगाउछन् हाेला भनेर जनचेतना फैलाउने उद्देश्यले फाेटाे सार्वजनिक गरिएकाे थियाे । अझ त्यसकाे ३ दिन अगाडी नै नगरप्रमुख लाेकमान बुढाथाेकी अाफै गएर साउन २२ गते त्यही फाेहाेर हटाएका थिए । यसरी सडक छेउमै फाेहाेर फाल्ने कसकाे कमजाेरी हाेला भने प्रश्न स्वरुप लेकाली अनलाइनमा फाेटाे फिचर प्रकाशित भएकाे थियाे ।

तर अाज साउन २८ गते लेकाली अनलाइनमा फाेन गर्दै नगरप्रमुख बुढाथाेकीले फाेहाेरकाे थुप्राे लागेकाे फाेटाे किन प्रकाशित गरेकाे भन्दै सुरुमा अाक्रमक रुपमा कुरा गरेका थिए । उनकाे उत्तर दिदै लेकाली अनलाइनले समाचार सत्य हाे भन्दै माथि भनेबमाेजिमकाे कुरा बताएपछि उनले जनताकाे नै चेतना नभएर सडकमा फाेहाेर फाल्ने गरेकाे प्रतिक्रिया दिएका हुन् ।

त्यस्तै उनले सल्यानकाे सबैभन्दा राम्राे  काम गर्ने जनप्रतिनिधि अाफुमात्रै भएकाे दाबि गरेका छन् । उनले भने- “अरु जनप्रतिनिधि जाँड, छाेट्टी, भट्टी, काठमाण्डाै, दाङ, खलंगामा छन् तर म फिल्डमै खटिएरै काम गरेकाे छु ।”

तर उनले सल्यानमा केहि पत्रकारहरु पैसामा बिक्ने अाराेप लगाएका छन्। याे उनले कसरी अाराेप लगाए त्याे भने हेर्न बाँकी छ । कि त उनले अाफैले पत्रकारलार्इ पैसा दिए वा अरुले दिएकाे देखे ? त्याे भने उनि अाफैले पर्दाफास गरेपछि देखिने छ ।

याेे पढ्न छुटाउनु भयाे की ?

कसकाे ध्यान जाला राप्ती राजमार्गकाे सल्यान बागचाैरमा ?

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार