करिब डेढ कराेडकाे लागतमा सल्यान अपस्पतालको नयाँ भवन बन्दै


साउन २९, सल्यान ।

करिब डेढ कराेडकाे लागतमा जिल्ला अस्पताल सल्यानमा सुविधा सम्पन्न अस्पतालका लागि पुर्वाधार तयार गर्न नयाँ अस्पताल भवन निर्माण कार्य सुरु भएको छ ।

जिल्लाकाे सदरमुकाम खलंगामा रहेकाे अस्पताललार्इ शारदा नगरपालिका सल्यानले १ करोड ४१ लाख रुपैयाको लागतमा भवन निर्माण गर्ने गरी काम सुरु गरेको हाे।  शारदा नगरपालिकाले जिल्लाको एक मात्र सरकारी अस्पताल लाई ५० सैयाको पुर्याउने र सुविधायुक्त अस्पताल वनाउने उदेश्य राखेको नगर स्वास्थ्य प्रमुख रविन विस्टले जानकारी दिए। उनले भने- “अस्पतालको पुर्वाधार निर्माण लगायतको खर्चका लागि अघिल्लो आर्थिक वर्षको वजेटमा २ करोड २७ लाख रुपैया विनियोजन गरेको थियो।”

नगरप्रमुख सुरेश अधिकारीले विरामीलाई नगरभित्र नै सेवा दिन अस्पताल लाई सुविधा सम्पन्न वनाउन सवै पक्षको सहयोग आवस्यक रहेको बताए । उनले भने-” यो जिल्लाको अस्पताल हो । अहिले पनि पूर्वाधारको अभावमा १५ सैयामै सिमित छ । यसको स्तर वृद्धिकालागि आवश्यक कार्य सुरु गरेका छौं ।”

Image may contain: one or more people, tree, outdoor and nature

अस्पतालमा आवश्यक पर्ने सिआर प्रविधी,बढी क्षमताको जेनेरेटर, टि आर आर टेस्ट मेसिन,रक्तदानका लागि आवस्यक मेसिन शारदा नगरपालिकाले खरिद समेत गरी अस्पताललाई हस्तारण गरको छ ।

शारदा नगरपालिकाले जेस्ठ नागरिक र अपाङ्गता भएका नागरिक हरुका लागि अस्पतालमा सवै सुविधा निसुल्क गर्ने निर्णय समेत अघिल्नो आर्थिक वर्ष देखि गरेको प्रवक्ता दिपक हमालले बताए ।

प्रकाशित मिति : २०७५ साउन २९ गते मङ्गलवार