• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

बिहानैदेखि सडक सुनसानः अहिलेसम्म दुर्इ वटा गाडी अागजनी, ठाउँठाउँमा बम विस्फाेट


साउन २९, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण अाज देशभरको जनजीवन प्रभावित भएको छ । विहानैबाट काठमाडौँ उपत्यकासहित देशभरमा बन्दको प्रभाव परेको छ । बन्दका कारण सडकमा अत्ति आवश्यकीय सवारी साधान मात्रै गुडेका छन् ।

यसैबीच मकवानपुरमा एउटा स्कूल बसमा आगजनी गरिएको छ । बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको हो । मंगलबार विहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो । भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ ।

पाल्पामा पनि बन्दकर्ताहरुले अवज्ञा गरेको भन्दै एक ट्याक्सीमा अागजनी गरेका छन् ।

त्यस्तै काठमाडौँ, भक्तपुर, जाजरकोट, झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका छन् । काठमाडौंको बल्खु चोकमा बम भेटिएको छ । मंगलबार बिहानै चोकमै शंकास्स्द बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले उक्त ठाउँलाई प्रहरी घेराबन्दीमा राखेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोलि घटनास्थलमा पुगेको छ ।

भक्तपुरको लोकन्थलीमा मंगलबार बिहान लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पबाट भित्र छिर्ने सर्भिस ट्रयाक रातो प्लाष्टिकको झोलाभित्र प्रेसरकुकर देखिएपछि नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा कडा पारेका छन् । स्थानीयले उक्त कुकर बम हुन सक्ने भन्दै सुरक्षा निकायलाई खबर गरेका थिए । खबर पाएपछि नेपाली सेना र नेपाल प्रहरी घटनास्थल पुगेर बम निस्क्रिय पारेको छ ।

त्यसैगरी जाजरकोटको सदरमुकाममै बम भेटिएको छ । पत्रकार दिपबहादुर घर्तीका अनुसार खलंगाको तल्लो थाप्लेमा बम भेटिएपछि स्थानीय त्रसित बनेका छन् ।

रुपन्देहीको सैनामैनामा एका विहानै शंकास्पद वस्तु फेला परेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा नम्बर ५ स्थित बुद्धनगरको एक पुलमा उक्त बस्तु फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्याललका अनुसार विहान ४ः४५ वजेतिर उक्त शंकास्पद वस्तु कसैले राखेको बताए ।

झापाको भद्रपुर र बिर्तामोडमा बम विष्फोटका समाचार आएका छन् । झापाका सडकमा सवारी आवतजावत ठप्प छन भने सडकभरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पोखरा, विराटनगर, धरान, हेटौंडा, बुटवल, दाङको घोराही, नेपालगञ्ज, कैलालीको धनगढी र कंचनपुरको महेन्द्रनगर बन्दका कारण ठप्प छ ।देशबर यातायात, बजार, व्यवसाय, स्कुल कलेज सबै बन्द रहेको ति स्थानका पत्रकारहरुले जानकारी दिएका छन् ।

महेन्द्रनगरबाट समिर चन्दका अनुसार बन्दका बन्दका क्रममा नेकपा कंचनपुरका जिल्ला सेक्रेटरी राजेन्द्र राजेन्द्र बिष्ट, क्रान्तिकारीका केन्द्रीय नेता बिरेन्द्र शाह, र मान बहादुर बिष्टलाई प्रहरीले गिरफ्तार गरेको छ । महेन्द्रनगरमा १ सरकारी गाडी र एक ट्याक्टरमाथि ताेडफाेड भएको छ । उता सुर्खेतबाट बिद्यार्थी नेताहरु धनबहादुर नेपाली , कमल बुढा र पार्टी जिल्ला नेता रत्न बिक तथा डाेल्पाबाट गाेकर्ण थापा गिरफ्तार परेका नेपालगञ्जबाट पत्रकार जानकी दिहतले बताइन ।

प्रकाशित मिति : २०७५ साउन २९ गते मङ्गलवार