साउन २९, सल्यान ।
सिंहदरबार कुनै बेला डा. के आइ सिंहको समयमा च्रचित थियाे । किनकी उनि सिंह जस्तै गर्जेका थिए । उक्त दरबारबाट त्यसपछी सिंहदरबार सेलायो र नारायणहिटी दरबार गर्जना थाल्यो ।
देशैभरिक जनताको तागतले उक्त दरबारकाे सिंहलाई नागार्जुन जंगल तिर लगेर छोडिदिए त्यसपछि १० बर्ष सिंह बिहिन बेबस्था चल्यो र जनतालाई पनि सयौ मुसा भन्दा एउटा सिंहको शासन व्यवस्था हेर्ने रहर जागयो ।
त्यो देखेर नेपालका चतुर बिद्वान महामहिम बाट अब सिंहदरबारलाई गाउँ गाउँ म पुर्याउने उद्घोष भयो । त्यसमध्य एउटा टिमले फरक कुरा गरे, अहिलेको जमानामा एक जनाकाे सुन्ने कुरै भएना । देश पूर्ण रुपले दरबारै दरबारको भयो । केन्द्रम एउटा, ७ प्रदेशमा सात ओटा, २९३ नगर दरबार्, ४६० गाउँपालिका दरबार, ६७४३ भुरे टाकुरे दरबार भए ।

लेखक : शेर बहादुर डाँगी हुन्
यसो हेर्दा दरबारै दरबार यो पनि ठुलो उपलब्धी भो । प्रत्यक दरबारमा एउटा सम्पूर्ण एकाधिकार सहितको सिंह पनि जनताले चुनिदिए । अनि जनतमा खुशीको बहार छायाे । उपलब्धी मा उपलब्धी अब नेपाल युरोप बन्ने निशित जस्तै देखियो । लाखौ बिदेशिएका युवाहरुले बिदेशबाट र देश भित्रकाले देश भित्र बाट सम्पूर्ण नगर तथा गाउँ भरी जय जयकार, म पनि जय, जय कारको ठुलो अहम्कार भित्र कुइरो को काग जस्तै भयाे ।
समय बित्दै गयो प्रत्यक दरबारमा सिंहलाई आहार चाहिने भयाे । जुन आहारा पहिले राष्ट्रय ढुकुटी बाट खुवाइयो, ढुकुटी एकै बर्षमा सिद्दियो । सिंहलाई आहारा पुगेना सम्पुर्न जनताको गतिबिधिमा कर थुपारियो । त्यस्ले पनि सिंह अघाउदैन । बुदेशी ऋण पनि पुस्तौँ पुस्ता तिर्न नसक्ने गरी ल्याइयो र खुवाइयो । त्यस्ले पनि अघाउदैन सिंह । उ धेरै बेर सुत्छ जब उठ्छ उसले जसलार्इ भेट्यो उसैलार्इ झम्टन्छ । त्यसैले सिंहबाट सतर्क हुनु सबै भन्दा ठुलो बुद्दिमानिता जस्तो लाग्छ ।
सोझा साझा मुसाहरुले सिंहको गर्जनमा आवाज मिलाएर बस्नु पर्ने अन्यथा खेल खतम । केहि टाँठा बाँठा मुसाहरुले बिरोध गरेछन तर केहि लाग्ला जस्ताे छैन् । किनकि सबै सिंहको कब्जमा छ । त्यसैले बाँकी मुसाको बिरोधमा भएको बन्दको कारण ।
एउटा बन्द नगरको बन्द कोठाबाट म एउटा लाटो मुसाको गन्थनश्