• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङमा बिहानै देखि बन्दको प्रभाव, साँझ ५ बजे बन्द खुल्ने


पूर्ण के.सी.

साउन २९, दाङ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव दाङमा पनि परेको छ।

जिल्लाकाे मुख्य बजार तुलसीपुर , घोराही , लमही , भालुवाङ लगायतका शहरमा बन्दको प्रभाव परेको खबर छ । बन्दका कारण लामाे तथा छाेटाे दूरीको यातायातका साधन, उद्योग कलकारखाना, बजार व्यवसाय, शिक्षणसंस्था ठप्प रहेका छन् । अत्यावश्यक एम्बुलेन्स, पत्रकारका साधनबाहेक सबै बन्द छन् ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा स्थायी कमिटी सदस्य प्रकाण्ड, पिबिएम अाेम पुन, केन्द्रीय सदस्य जीवन्त, गम्भीर लगायतका नेता कार्यकर्ताहरुलाई राज्यले विनाकारण गिरफ्तार गरेकाले विना सर्त रिहाइको माग गर्दै अाज अर्थात साउन २९ गते नेपाल बन्दकाे अायाेजना गरिएको छ ।

बन्द साँझ ५ बजेसम्म जारी रहने नेकपा दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन २९ गते मङ्गलवार