• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

द्वन्द्व रुपान्तरणमा जन प्रतिनिधी जिम्मेवार हुनुपर्ने


देविराम कुसारी , साउन २९ , दाङ । द्वन्द्व रुपान्तरण गरी समुदायमा शान्ति स्थापना गर्नका लागि जन प्रतिनिधि अझ बढि जिम्वार हुनुपर्ने अाज (मंगलवार) घाेराहीमा भएकाे एक कार्यक्रमका सहभागिले जाेड दिएका छन् ।
कार्यक्रमलाई सम्वाेधन गर्दै घाेराही उप महानगरपालिकाका मेयर नरुलाल चाैधरीले संघिय प्रणालिमा विभिन्न खालका द्वन्द्व देखा पर्ने तर्फ सचेत गराउदै द्वन्द्व रुपान्तर गर्न जनप्रतिनिधि अझ बढि चुनाैति भएकाे जिम्वार हुनुपर्ने बताए ।

नेपाल महिला सामसदायिक सेवा केन्द्र घाेराहिकाे अायाेजना र नागरिक अावाज ललितपुरकाे सहयाेगमा अायाेजित जन प्रतिनिधिहरुका लागि द्वन्द्व रुपान्तरण तथा शान्ति निर्माण विषयक २ दिने तालिमकाे उद्घाटन सत्रलाई सम्वाेधन गर्दै मेयर चाैधरिले द्वन्द्व रुपान्तरण पछिकाे शान्ति नै स्थायी शान्ति निर्माण हुने भएकाे हुदा यस्काे महत्व बढि भएकाे बताए ।

सेवा केन्द्रका संस्थापक अध्यक्ष विमला याेगीकाे अध्यक्षता मेयर नरुलाल चाैधरीकाे प्रमुख अाथित्यता र जिल्ला समन्वय समितिका सदस्य जगतबहादुर वस्नेतकाे विशिष्ट अाथित्यमा भएकाे तालिम उद्धघाटन सत्रमा हर ल्पेस दाङका प्रमुख विनाेद गाैतम, स्थानिय शान्ति समिति दाङका सचिव हेमराज अधिकारी, लगाएतले बोलेका थिए ।

संस्थाका संस्थापक काेषाध्यक्ष शारदा शर्माकाे स्वागत मन्तव्य वाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण संस्थाका उप निर्देशक लाेकमणि रेग्मिले गर्नु भएकाे थियाे । दुई दिन सम्म सञ्चालन हुने तालिममा दंगिशरण १ र २, तुलसीपुर १३, घाेराही ३,४ र १७ वडाका जन प्रतिनिधि, वडा सचिव र सराेकारवाला गरि ३५ जनकाे सहभागिता रहेकाे छ । तालिमकाे सहजकर्तामा नागरिक अावाजका हरी धामी र गाेविन्द अाचार्य रहेका थिए ।

प्रकाशित मिति : २०७५ साउन २९ गते मङ्गलवार