• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

शान्ति समाज दाङ द्वारा बन्दको अनुगमन


साउन २९, दाङ ।

नेत्रबिक्रम चन्द बिप्लब,नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आब्हान गरेको
बन्दको मानव अधिकार तथ शान्ति समाज दाङ शाखाले अनुगमन गरेको छ ।

मगलबार शान्ति समाज दाङका सभापति शरद रेग्मीको नेतृत्वमा जिल्लाका विभिन्न
स्थानहरुमा बन्दको प्रभाब र बन्दका कारण सर्वसाधारणहरुमा पारेको असरका साथै
बन्दको प्रकृतिका बारेमा समेत अध्ययन गरिएको छ । अनुगमनमा उपसभापति
तुलसिराम सुनार ,कोषाध्यक्ष अमृत शर्मा,सहसचिव उषा गौतम,र सदस्यहरूको
सहभागीता रहेको थियोे ।

यता मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले बन्दको बिकल्प खोज्न समेत
सम्बन्धित निकायलाई अग्रह गरेको छ । बन्द बाट सर्वसाधारणको दैनिकीमा
प्रत्यक्ष असर पुगेको भन्दै तत्काल बार्ता र सम्बादबाट राजनीतिक समाधान खोज्न
समेत अनुरोध गरेको सभापति रेग्मीले जानकारी दिए ।

यसैबिच शान्ति समाज दाङको आज बसेको बैठकले ११ औ अधिबेशनबाट
नबनिर्बा्चित पदाधिकारीको पदस्थापन कार्यक्रम  भदौ १ गते शुक्रबार
तुलसिपुरमा आयोजना गर्ने निर्णय गरेको छ । साथै बैठकले आन्तरिक
ब्यबस्थापनका लागि बिपि चौक स्थित रिपोर्टस क्लब दाङ रहेको भबनमा कार्यालय
स्थापना गर्ने समेत निर्णय भएको सचिव निर्मला डिसिले जानकारी दिईन ।

बैठकमा निवर्तमान सभापति सुरेश हमाल,सस्थापक सभापति बरिष्ठ अधिबक्ता डिल्लीराज
धिताल,केन्द्रीय योजना बिभाग प्रमुख अधिबक्ता मोहन प्रसाद धिताल ,पुर्वसभापति
सुरेश श्रेष्ठ ,सल्लाहकार प्रमोद न्यौपाने,लगायतले नयाँ कार्यसमितिलाई सुझाव
सहितको मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २०७५ साउन २९ गते मङ्गलवार