• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

 प्युठान मल्लरानीको बार्षिक साधारण सभा सम्पन्न, अधिवेशन जारी


स्मृती घर्ती मगर
साउन २९, प्युठान ।
मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र प्युठानको ३७ अाैँ बार्षिक साधारण सभा ताथा बार्षिक प्रगति समिक्षा कार्यक्रम आज खलंगामा सम्पन्न भएको छ भने १७ अाैँ अधिवेशन अहिले चलिरहेको छ।
अधिबेशनले नया कार्यसमिती चयन गर्ने छ।

संस्थाका कार्यकारिणी समिति सचिब निर्मल प्रसाद श्रेष्ठले गत आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रगती प्रतिबेदन र आगामी आर्थिक बर्ष २०७५/७६ को लागी प्रस्तावित कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष पुनम श्रेष्ठले गत आर्थिक बर्ष २०७४/७५ को लेखा परीक्षण सहितको आर्थिक प्रतिबेदन र आगामी आर्थिक बर्ष २०७५/७६ को लागी प्रस्तावित आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको खुल्ला छलफलमा उठेका जिज्ञासा सहितको प्रश्नमाथी संस्थाका अध्यक्ष वसन्तलाल शाक्यले जवाफ दिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै झिमरुक जलाधार परियोजना क्षेत्रमा काम गर्दै आएका कार्यक्रम प्रबन्धक प्रवेश कक्षपति, जिल्ला जनस्वास्थ्य कार्यलय प्युठानका प्रतिनिधी पुश्कल श्रैष्ठ, संस्थाका सल्लाहकार ति एस गुरुङ, मल्लरानी गाउँपालिका १ का प्रतिनिधी सुर्य बहादुर सार्की, मल्लरानी गाउँकार्यपालिका सदस्य हुम बहादुर नेपाली, नेपाल पत्रकार महासंघ प्युठानका उपाध्यक्ष बसन्ता भट्ट, गैरसरकारी संस्था महासंघ प्युठानका अध्यक्ष रमेश कुमार श्रेष्ठ, गाैमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी, जिल्ला समन्वय समिती प्युठानका प्रमुख केशब राज आचार्य लगायतले सरकार नयाँ संरचनामा गए संगै गैरसरकारी संस्था, स्थानिय सरकार, मिडिया, पत्रकारहरु बिच समन्वय र सहकार्य गरेर अगाडी बड्नुको बिकल्प नभएको बताएका छन्। मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र प्युठानले बिभिन्न उदाहरणिय कार्यहरु गर्दै आएको भन्दै आगामी दिनमा पनी संस्थाले गुरुयोजना बनाई अगाडी बड्न सकोस् भन्दै शुभकामना ब्यक्त गरेका छन्।

साथै १७ आैँ अधिवेशनबाट संस्थालाई थप अगाडी बढाउन सक्ने र नयाँ कार्यको सुरुवात गर्न सक्ने खालको नेतृत्व चयन गर्न पनी आग्रह गरेका छन्। जिल्लाकै पहिलो गैरसरकारी संस्थाको रुपमा परिचित यो संस्थाले बिभिन्न क्षेत्रमा बिभिन्न संस्थाहरु संग सहकार्य गर्दै अगाडी बढिरहेको छ। संस्थाका अध्यक्ष वसन्तलाल शाक्यले आगामी दिनमा पनी सबै पक्ष संग सहकार्य र समन्वय गर्दै अगाडी बड्ने बताए ।

उध्योग वाणिज्य संघको सभाहल खलंगा प्युठानमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका सम्पुर्ण स्वयम सेविकाहरु, जनप्रतिनिधी, संस्थाका साधारण तथा आजिवन सदस्यहरु, सल्लाहाकारहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो। संस्थाका कानुनी सल्लाहार श्रीकृष्ण प्रपन्न सुवेदीको संयोजकत्वमा शंकर प्रसाद रिजाल र श्रीधर भट्टराई सदस्य रहेको निर्वार्चन मण्डलले अहिले १७ अाैँ अधिवेशन गराई रहेको छ।संस्थाका अध्यक्ष वसन्तलाल शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिती प्युठानका प्रमुख केशब राज आचार्य रहनु भएको थियो भने बिषेश अतिथि गैरसरकारी संस्था महासंघ प्युठानका अध्यक्ष रमेश कुमार श्रेष्ठ रहेका थिए ।

राष्ट्रिय गान सङ्गै सुरु भएको कार्यक्रममा एक मिनेट ज्ञात अज्ञात सहिदहरुको स्मरणमा मौन धारण गरिएको थियो। प्रमुख अतिथि केशब राज आचार्यले दिप प्रज्वलन गरि उद्घाटन गरेकाे कार्यक्रममा संस्थाका उपाध्यक्ष गोपाल बिक्रम शाहले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष बिजय कुमार श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन २९ गते मङ्गलवार