सरिता चलाउने
साउन २९, सल्यान ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालीकामा बजेट पास नहुदा बिकास निर्माणका कामले तिब्रता पाउन सकेका छैनन । सकारको निति अनुसार असार १० गते भित्र बिनियोजन हुनु पर्ने बजेट नगरप्रमुख र उपप्रमुखको बिवादले गर्दा अहिले सम्म बजेट बिनियोजन हुन नसकेको हो । कामकाजमा हस्तक्षेप र आर्थिक अनियमितता गरेको भन्दै उपप्रमुखलगायत केही वडाअध्यक्षले विरोध जनाएपछि नगरसभा अन्योलमा परेको छ ।
सरकारको निर्देशन अनुसार जुन नितिमा बजेट पास हुनु पर्ने हो त्यो नभएपछि सरकारकै निर्देशमा बजेट पास हुनुपर्छ भन्दै उपप्रमुख सहित केही वडा अध्यक्ष र कार्यपालीका सदस्यहरुले माग गरे पछि अहिले सम्म बजेट पास हुन नसकेको बताईएको छ । नगरपालीकामा अहिले सम्म बजेट पास नहँुदा दैनिक हुने कामकाज पुर्णरुपमा ठप्प भएपछि नागरीकहरुले सास्ती भोग्नु परेको छ ।
नगरसभा नहुँदा नगरपालीका बाट हुने काम सिफारिस, जन्मदर्ता, बिवाहदर्ता, बसाईसराई र अन्य प्रसासकिय काम समेत हुन नसकेको स्थानीय दुर्गा बिसिले बताए । उनले भने- “नगरपालीका बाट हुने काम ठप्प भएपछि स्थानीयले सास्ती भोग्नु परेको छ, यहाँका नागरीले पनि अहिले सम्म केही बोल्न सकेका छैन ।”
नगरसभाका लागि बारम्बार बैठक बस्दै आए पनि निष्कर्ष बिहीन हुने गरेको बन्गाड कुपिण्डे नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद शर्माले बताए । नगरसभाको लागी आफुहरुले हर प्रयास गर्दा पनि सहमति हुन नसकेपछि के गर्ने भनेर अन्यौता छाएको उनले बताए । उपप्रमुख ऐरीलगायत वडा अध्यक्षले सार्वजनिक स्थलमै पत्रकार सम्मेलन गरेर नगरप्रमुखले अनियमितता गरेको दाबी गरेका थिए । विवादका कारण बजेट पारित नहुँदा योजना बाडफाड लगायतका काम ०७५र०७६ को कर्मचारीले समेत तलब खान नसकेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । उनका अनुसार करारका कर्मचारी बढी मारमा परेका छन् । “विवादले नगरपालिकाको कामकाज पनि प्रभावित भएको छ,’ उनले भने, ‘अहिलेसम्म योजना छनोट गर्नेबारे कुनै काम हुन सकेको छैन ।”
नगर सभाले बजेट पारित गर्ने, कानुन बनाउने, कर संकलनका लागि आर्थिक ऐन बनाउने काम अपलपत्र परेको लेखा अधिकृत प्रकाश केसीले बताए । उनका अनुसार नगरसभा नहुँदा सम्पूर्ण आर्थिक कारोबार प्रभावित भएको छ । कर संकलनमा समेत समस्या भएको उनले बताए। अहिलेसम्म योजनाको प्रस्तावना तयार हुन सकेको छैन । ‘कार्यालय सञ्चालनको रकमसमेत निकासा नहुँदा सेवाग्राहीको कामकाजमा समस्या भइरहेको छ,’ उनले भने, ‘त्यसले प्रशासनिक काममा समेत असर परेको छ ।’ नगरसभा हुन नसकेका कारण कामकाज लथालिंग भएको उनको भनाई छ ।
प्रमुखमा गोविन्दकुमार पुन तत्कालीन एमाले र उपप्रमुख मन्जु ऐरी तत्कालीन माओवादी केन्द्रबाट निर्वा्चित भएका थिए ।
नगरप्रमुख पुनले उपप्रमुख र वडा अध्यक्षका कारणले नै अहिले सम्म नगरसभा बस्न नसकेको दाबी गरेका छन् । उपमेयरको बहुमतको आधारमा नगरसभाका लाई हतियार बनाएर नगरसभा हुन नसकेको बताए। जस्को लागी बारम्बार प्रयास गर्दा बारम्बार बैठक बसाए पनि सहमतिमा पुग्न नसकिएको उनको भनाई छ ।
उपप्रमुख ऐरीले भने नगरप्रमुखको स्वेच्छाचारीले समस्या भएको दाबी गरेका छन् । स्थानीयवासीले जनप्रतिनिधिको विवादले स्थानीयलाई सरकारी सेवा लिन सास्ती भएको स्थानीय बताएका छन । ‘विवादले नगरपालिकाको सबै काम लथालिंग भएको छ स्थानीयले तत्काल नगरसभा गरी विकास निर्माण र सरकारी सेवा सुविधा प्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गरका छन ।
बजेट नै पास नभएपछि आर्थिक ऐन पारित हुन पनि हुन नसकेको र पुरानै नियम अनुसार काम गर्दै आएको कर्मचारीहरुले बताएका छन ।