• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

नोभेक्स कलेज विक्री भएको होइन क्याम्पस प्रमुख : खरेल


बसन्त पौडेल साउन ३० दाङ । विगत लामो समय देखी शैक्षिक क्षेत्रमा वि.वि.एस र वि.एड कार्यक्रम संञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्दे आएको नोभेक्स इनटरनेशनल कलेजको को विषयमा केही दिन यता कलेज विक्री भएको भन्ने भ्रम आम विद्यार्थी र अभिावक मा पर्न गएकाले कलेजले आज पत्रकार सम्मेलन गरी भ्रममा नपर्न आग्रह गरेको छ ।
कलेज व्यवस्थापन समितीका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कलेज विक्री नभई नयाँ व्यवस्थापनका सहित नयाँ शैक्षिक अभियन्ताको साथमा सञ्चालन भएको जानकारी गराईएको थियो ।
शिक्षा क्षेत्रमा लामो समयसम्मको अनुभव संगालेका ग्रेट अरनिको र लिटिल हेभन मा.वि का १० जना सञ्चालकको अगुवाईमा भविष्यमा फाउन्डेसन खडा गर्ने गरी वि.वि.एस र वि.एड दुवै परानै कार्यक्रमलाई निरन्तरता दिएको क्याम्पस सञ्चालन समिति सदस्य मान वहादुर वस्नेतले वताए।
केही समय पश्चात फाउन्डेशन को संरचनामा प्ले ग्रुप,मन्टेश्वरी हुदै थप कार्यक्रम सहित उच्च शिक्षा प्रदान गर्ने दिर्घकालीन योजना अनुसार आफुहरु अघि वढेको अवस्थामा कलेज विक्री भएको भन्ने हल्ला गलत भएको क्याम्पस प्रमुख यमकान्त खरेलले वताए ।

नोभेक्समा पढने आधार के हो ?समय समयमा सञ्चालक फेरीरहदा विद्यार्थी र अभिभावक विच विश्वास गुम्ने त होइन? भन्ने पत्राकारहरुको प्रश्नमा सहायक क्याम्पस प्रमुख निम प्रसाद गिरीले तुलसीपुर क्षेत्रको वैङकिङ क्षेत्रमा भएको जनशक्ति नै कलेजको उत्पादन भएकाले नोभेक्स कलेज नै उच्च शिक्षाको वलियो आधार भएको दावि गरे ।
कलेजले सञ्चालन गर्दे आएको वि.वि.एस र वि.एड क्रार्यक्रम पुरानै स्थान र संरचनावाट वाट संञ्चालन गरेको जानकारी दिदै आगामी दिनहरुमा नयाँ कार्यक्रम सञ्चालन गर्ने योजना रहेकाले थप विश्वस्त हुन साहायक क्याम्पस प्रमुख गिरीले आग्रह गरे।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष यमकान्त भण्डारीले तुलस्पिुर क्षेत्रमा शिक्षाको क्षेत्रमा अग्रण्ी भुमिका निर्वाह गरेका ग्रेट अरनिको र लिटिल हेभनका दक्ष जनशक्तिीको अगुवाईमा सञ्चालन हुने कलेजले गुणस्तरीय शिक्षामा विषेस जोड दिने वताए ।क्याम्पस प्रमुख यमकान्त खरेलको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक नारायण भटराईले गरेका थिए।

प्रकाशित मिति : २०७५ साउन ३० गते बुधवार