• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

दाङमा एक बालिका बलात्कृत


 

साउन ३० , दाङ । देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक निवासी १२ वर्षिया बालिका बलात्कृत भएकी छिन् । घोराही उपमहानगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षिय दिपेश पाण्डेले बालिकालाई बलत्कार गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

पाण्डेले हिजो राप्ती पाखापानीमा फोन गरेर बोलाई बलत्कार गरेको प्रहरी प्रमुख रविन्द्रराज पाण्डेले जानकारी दिएका छन् । बलत्कार गर्ने दिपेश पाण्डेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ साउन ३० गते बुधवार