• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

ईलाका प्रशासन कार्यालय बागचौरमा आए नयाँ कार्यालय प्रमुख


श्रवण देबकोटा / साउन ३०, सल्यान ।

केही महिना अघि कार्यालय प्रमुख बिहिन भएकाे सल्यानकाे बगचाैरमा नयाँ कार्यालय प्रमुख अाएका छन् । ईलाका प्रशासन कार्यालय बागचाैरमा प्रमुख नारायण पर्साद रेग्मी सरुवा भएर गएपछि बिगत केही महिना अघि देखी कार्यालय प्रमुख बिहिन रहेको ईलाका प्रशासन कार्यालय बगचाैरमा नयाँ कार्यालय प्रमुख चिन्तामणी रेग्मी आएका हुन्।

कार्यालय प्रमुख सरुवा भएर गएपछि प्रमुख बिहिन हुँदा कार्यालय बाट दिइने नागरिकता, नाबालक परिचयपत्र, सिफारिस लगाएतका सेवाबाट नागरिक बन्चित भएका थिए ।

उक्त सेवा लिन बागचौर नगरपालिका, दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाका जनताहरु जिल्ला  प्रशासन कार्यालय खलंगा सम्म जान बाध्य भएका थिए । अब भने नयाँ कार्यालय प्रमुख आए संगै प्रशासनबाट हुने सबै काम बागचाैरबाट हुने प्रमुख चिन्तामणी रेग्मीले बताए ।

प्रकाशित मिति : २०७५ साउन ३० गते बुधवार