साउन ३१, सल्यान ।
सल्यानकाे छत्रेस्वरी ३ साननचाैरमा अनाैठो गुफा भेटिएको छ।
करिव ३ सय मिटर लम्बाई २ सय ५० मिटर उचाई र ८ मिटर चाैडाई भएको ५ अाेटा तला भएको भेटिएको हो ।
स्थानियले गुफाको प्रचारका लागि स्थानिय सरकार तथा संचारकर्मीलाइ अनुरोध गरेका छन । उक्त स्थानमा विभिन्न अाकृती भएका प्राकृतिक दृष्यहरु र करिव ५०० भन्दा बढी चमेराहरुको वासस्थान रहेको हिमाल यात्रीले जानकारी दिएका छन ।
शंखमुल झिम्पे खर्सुवास सडक खण्ड अन्तरगत मिलनचोकबाट ३ किमी टाढा विभिन्न स्वर र तालमा बजाउन सकिने वाजाहरु भएको गुफा अवलोकनका उनिहरूको समूह त्यहाँ पुगेको थियो ।
अवलोकनका सन्दर्भमा त्यहाँ रहेको प्राकृतिक मादलको तालमा त्यो समूहले केही समय रमाईलो गरेको जनाएको छ ।
तस्बिर ः हिमाल यात्री