• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा भर्खरै अाएका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरू बिच भेटघाट


टिका केसी
साउन ३१, सल्यान ।

सल्यानमा भर्खरै अाएका प्रमुख जिल्ला अधिकारीले अाज पत्रकारहरु सँग भेटघाट गरेका छन् ।

चार दिन अघि मात्रै सल्यानमा प्रवेश गरेका प्रजिअ कमलराज ढकालले जिल्ला स्थित विभिन्न मिडियामा अवद्व  पत्रकारहरु सँग भेटघट गरेका हुन । भेटका क्रममा उनले सल्यानमा भएका समस्या र चुनाैतीकाे विषयमा जानकारी लिएका थिए । उनले राजनीति गर्नेले प्रशासकको काम गर्न नहुने र प्रशासकले राजनीति गर्न नहुने बताएका छन ।

अहिले स्थानिय तह बनिसकेपछि केन्द्र, प्रदेश र स्थानिय तहका कानुन बाझीन नहुने भन्दै कानुनी विधिबाट सबै कुरा समाधान हुनुपर्ने ढकालले बताएका हुन । पत्रकारले यस अघि सल्यानमा स्थानिय तह र प्रशासनका विचमा विवाद भएका उदाहरण भएकाले शक्तीको टक्कर हुने प्रश्न राखेका थिए । त्यसको उत्तरमा उनले यस्तो बताएका हुन ।

उनले सिडियो धेरै बोल्दैन बोलेको कुरा पुरा गर्छ भन्दै सबै कुरामा सहयोग गर्न भनेका थिए । पत्रकारले सकारात्मक तथा नकारात्मक कुराहरुलाई उठान गरि सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने भन्दै आफुले त्यो चाहेको बताएका हुन ।  भेटघाटमा सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले विगतमा भएका कामका बारेमा पत्रकार र प्रमुख जिल्ला अधिकारीका विचमा सहजिकरणको भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै पत्रकारहरुले उनलार्इ जिल्लामा गर्नुपर्ने केहि कामकाे बारेमा जानकारी गराएका थिए ।

यस अघिका अधिकारीहरूको सरूवा भएपछि उनिहरू सल्यानमा सरकारको प्रतिनिधित्व गर्दै सल्यान प्रवेश गरेका हुन ।

प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहिवार