• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यान : सूचना प्रदान गर्ने सवालमा सरोकारवालाले किन असार कुर्छन, चलखेलका लागि ?


मिना खड्का
साउन ३१, सल्यान ।
सल्यानमा सूचना प्रदान गर्ने कुरामा सरोकारवालाहरु जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।

हरप्लेसको आयोजनामा जिल्ला समन्वय समितिमा भएको एक छलफलमा सहभागिहरुले राष्ट्रिय सूचना दिवश कसरी गर्ने भन्ने विषयमा भएको छलफलमा यस्तो बताएका हुन । कार्यक्रममा सहभागिहरुले सूचना दिने प्रचलन पनि असार लाग्दा हुने विकास जस्तै भएको र त्यसमा पनि सम्बन्धीत पक्षले पहिला सूचना माग्दा छैनन भन्ने असारमा पहुचवालालाई मात्रै प्रदान गर्ने कुराले जिल्लाका संचार माध्यामहरु धरापमा पर्ने कुरातिर ध्यान दिन अनुरोध गरेका थिए । असारमा सूचनाकाे लागि बजेट दिनेहरूले अा.व. को शुरूवातीमा नै छलफल नगर्नु भनेको चलखेल हो भनेर सरोकारवालाले छलफल चलाएका थिए ।

भाद्र ३ गतेको सूचना दिवस मनाउने सन्दर्भमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकीले हिजो जे भए पनि अवका दिनमा स्थानिय स्तरमा जनतामा सूचनाको पहुच चाँडै पुगाउनुपर्नेमा जोड दिएका छन । उनले भने –स्थानिय स्तरमा के के सुविधा पाइन्छन त्यसको बारेमा जनतालाई राम्रोसंग जानकारी दिनुपर्छ, जनताले पाउने सेवा, सुविधा, तथा बस्तुका बारेमा उनिहरुलाई सरोकारवालाले जानकारी दिनुपर्छ ।

कार्यक्रममा शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेतले स्थानिय स्तरमा आफुले सकेको गरेको तर सहयोगको लागि सबैको आवश्यकता रहेको बताएकी थिइन ।

छलफलले आगामी भाद्र ३ को सूचना दिवसका अवसरमा हरप्लेसको आयोजनामा अन्तरक्रिया गर्ने, रेडियोहरुले सम्बन्धीत सूचना प्रदानका विषयमा विभिन्न व्यक्तीसंग कुराकानी गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी खिम बहादुर रायमाझी, हरप्लेसका प्रमुख रामचन्द्र रेग्मी, ओरेक, इन्सेक तथा संचार माध्यामका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहिवार