साउन ३१, सल्यान ।
सल्यानको खलंगामा रहेको लक्ष्मी प्रसाद देवकोटाको स्मारक परिसर र नजिकै रहेको गणेश मन्दिरको आज विहान एक कार्यक्रमका बीच सर सफाई गरिएको छ ।
सरसफाई कार्यक्रम राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानको आयोजना सम्पन्न भएको हो । सरसफाई कार्यक्रममा श्री भगवती प्रसाद गुल्मको विशेष सहयोगमा सम्पन्न भएको आयोजक राप्ती साहित्य परिषदका केन्द्रीय सदस्य विष्णु शर्माले जनाईन् ।
जिल्लाको सदरमुकाममै रहेको लक्ष्मि स्मारक र गणेश मन्दिरको सरसफाइ कार्यक्रममा श्री भगवती प्रसाद गुल्मका गुल्मपति रामकुमार श्रेष्ठ तथा सम्पुर्ण सैनिक टोलिका साथै पत्रकार साहित्य परिषदका सदस्य स्थानीय लगायतको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा सहभागी भई सहयोग गरिदिने सम्पुर्णलाई आयोजकले धन्यवाद दिएको छ ।
जिल्ला सदरमुकामको प्रशासन भवन देखी तल्लोपट्टी रहेको सो स्थानमा सरसफाई गर्न कसैले चासो न देखाए पछि आफुहरु लागी परेको शर्माको भनाई छ । सरसफाई पछि सो स्थानको मुहारै फेरे संगै यस रमणीय स्थलमा घुम्न आउने स्थानीय हरुलाई सहज हुने सरसफाईमा सहभागीहरुले बताए । यस स्थानलाई आगामी दिनमा पनि सफा र सुन्दर राख्नका लागी सबैले चासो राख्नु पर्ने उनिहरुको भनाई थियो ।