• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

एक हप्तादेखि अवरुद्ध भएकाे सल्यान र सुर्खेतका गाँउमा टेलिफोन सन्चालनमा अायाे


इन्द्र बुढाथोकी
साउन ३१, सल्यान ।
साउन २१ गते देखि अवरुद्ध भएको सुर्खेत झ्याममा रहेको नमस्तेको टावर बनेपछि फोन सेवा सुचारू भएको छ ।

साउन २८ गते सोमबार  विभिन्न सन्चार माध्यममा एक हप्ता देखि टावर अवरुद्ध भएको समाचार सम्प्रेषण भएपछि र सिम्ता गाउपालिका वडा न ३ का वडा अध्यक्ष नकुल बुढाको पहलमा तत्काल नेपाल टेलिकम नेपालगन्ज बाकेको प्राबिधिक टोलि त्यस ठाउँमा पुगेर टावरमा भएको समस्या समाधान गरेका कारण आज देखि टेलीफोन सेवा सुचारु भएको वडा अध्यक्ष बुढाले जानकारी दिएका छन । आफुले सिम्ता गाउपालिकाको सबै ठाउँमा फोन गरेर बुझ्दा सबैले फोनले काम गरेको जानकारी दिएको उनले बताएका छन ।

टावरमा खराबी आउँदा सुर्खेत सिम्ता गाउपालिकाको वडा न १ को गोरेरी, २ न काफलकोट, ३ न को आग्रीगाउ ४ न को बजेटिचौर र सल्यान बनगाड कुपिण्डे नगरपालिकाको वडा न १ को नाम्रा, २ न को बामे, ३ न को बामे औलबेशी लगाएतका नागरिक बन्चित भएका थिए ।

प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहिवार