• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

राप्ती बबई क्याम्पसको सहाएक क्याम्पस प्रमुखमा सुर्य प्रसाद शर्मा


बसन्त पौडेल भदौ १ दाङ  । तुलसीपुरमा रहेको राप्ति बबई बहुमुखी क्याम्पसको सहायक क्यम्पस प्रमुखमा प्राध्यापक सुर्य प्रसाद शर्मा न्युक्त हुनु भएको छ । शिक्षाका अभियन्ता शर्माले २०६५ सालदेखी बबई क्याम्पसमा अध्यापन गराउदै आउनु भएका थियो । उहालाई आज क्याम्सले सहायक क्याम्पस प्रमुखमा न्युक्त गरेको हो ।

पश्चिम क्षेत्रका बिद्यार्थीहरुले अध्ययन गर्ने एक मात्र सामुदायीक क्याम्पसका रुपमा रहेको राप्ति बबई बहुमुखी क्याम्पस २०७४ मा ब्यावस्थापन संकायमा प्रदेश नम्मर ५ मै उत्कृष्ट भएको थियो । शिक्षा क्षेत्रमा क्रियाशिल शर्मा बिभिन्न संघसंस्थामा पनि आवद्ध रहनु भएको छ । तुलसीपुर नगर जेसीजका पुर्व अध्यक्ष समेत रहनु भएका शर्मा तुलसीपुरको हाम्रो पहुँच बहुउद्देस्यिय सहकारी सस्थाका लेखा समिति र अनुसन्धान तथा बिकास समिति संयोजक समेत रहनु भएको छ । शर्माले राप्ती बबई क्याम्पसमा लेखा बिषय अध्यापन गराउदै आउनु भएको थियो ।।

प्रकाशित मिति : २०७५ भाद्र १ गते शुक्रवार