योगराज विश्वकर्मा,
भादाै १ , सल्यान ।
ट्राफिक प्रहरी प्राय सडकमा सवारी व्यवस्थापन तथा कारवाही कै कार्यमा व्यस्त रहने गर्दछन । तर सल्यान खलंगामा कार्यरत ट्राफिक प्रहरी जवान खेमराज खत्रीले खलंगााको ट्राफिक व्यवस्थापन संगै जथाभावी गरिने पार्किङ व्यवस्थापन गर्न सहज होस भनेर तयार पारिएका संकेत बोर्ड विभिन्न ठाउमा गाड्ने काममा आफै लागेका छन ।
अरु मजदुरको भरमा कति पर्नु आफै भएनी यो काम गर्नु पर्यो भनेर लागेको उनले बताए । ट्राफिक प्रहरी भन्ने वित्तिकै जरिवाना तथा चिट काट्ने व्यक्ती भन्ने बुझाइ नराख्न उनले अनुरोध गरेका छन । उनले आफुले सामाजिक काम आफै गर्ने भन्दै यस्तो काम गरेका हुन । ट्राफिक प्रहरीकाे काम गलत गर्नेलार्इ जरिमाना काट्नु मात्रै नभएर नागरिकलार्इ सचेत पनि बनाउनु अाफ्नाे कर्तव्य भएकाे उनले बताएका छन ।
यसरी आफ्नोृ जिम्मेवारी संगै यस्ता काममा खटिइ ट्राफिक व्यवस्थापन लाई सहज बनाउन लागि परेका जवान खत्री बाट अन्य ट्राफिक प्रहरीले पनि सिक्नेकी ?