• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

नदिमा गएर सल्यानमा युवाहरुले भेल खेल्ने पर्व मनाए


दुर्गा वि.सी.
भदौ १, सल्यान ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालीका १ अम्राका स्थानी आज भद्रा १ गतेलाई भेल खेल्ने पर्वका रुपमा मनाउने गर्दछन् ।

चाडपर्वको आगमन भएको वताउने यो भेल खेल्ने चलन परम्परागत रुपमा रहेको छ । प्रत्यक वर्षको भद्रा १ गते दिनका उक्त गाउँमा भुई छोड्ने भनेर युवाहरु भेल खेल्ने र महिला तथा वालवालीका जंगल पुगेर पिंङ्गको लागि कैयार काटेर ल्याउने चलन रहेको छ । कोहि जमिन छोड्ने भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पिंङ्ग खेलेर रमाईरहेका थिए । जंगलबाट काटेर ल्याएको कैयार वुढापाकार र युवाले बाटेर पिंङ्ग निर्माण गर्ने वताईन्छ ।

उर्लिदो भेरीमा युवाहरुले भेल खेलेर पून्य प्राप्ती हुने धार्मिक मान्यता समेत रहेको स्थानीय जानकार गञ्जमान वस्नेतको भनाई छ । पछिल्लो पुस्ताले भेल्ने खेल्ने पर्वलाई विर्सिए पनि अझै वुढापाकाहरु भने यसको महत्व निकै रहेको वताउने गरेका छन् । अम्राका ७२ वर्षीया डिले वुढाका अनुसार पहिले पहिले टाढाटाढाबाट भेरीमा भेल्न खेल्ने आउने गरेको वताए । तर आज भोलि आएर यो पर्वलाई खासै महत्व नदिएको उनको भनाई छ ।

चाडपर्वको सुरुवातीका रुपमा मनाउने यो पर्व धार्मिक रुपले यसको फलदाय महत्व रहेको जनाएको छ । विगत जस्तै यसपाली पनि भेरी नदिमा भेल खेल्नको लागि देवस्थलको बन्गाड मोडबाट भेल खेल्दै स्थानीय युवाहरु ठिग्नी र अम्रा नजिकै उत्रेका थिए । उलिर्दो भेरीको भेलमा धेरै युवाहरु कम्मरमा चिन्ह वाँधेर उक्त भेलमा पसेका थिए । ठुलो युवा जमात लहरै लागेर उर्लिदो भेरी नदिमा डुवुल्की मार्दे रमाउदै उनिहरु भेलमा रमाईलो गरिरहेका थिए । भाद्र संक्रान्तीलाई चाडपर्वको आगमनका रुपमा लिने गरिएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १ गते शुक्रवार