• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सर्वाेच्चले रिहा गर्न अादेश दिएपनि प्रकाण्ड मानव अधिकार आयोगको गाडीबाटै गिरफ्तार (भिडियाे सहित)


भदौ १, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतबाट बाहिर निकाल्ने प्रयास गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगको गाडीबाटै प्रहरीले गिरफ्तार गरेको हो ।

आयोगका आयुक्त सुदिप पाठकले प्रवक्ता प्रकाण्डलाई रिहाईको अनुभूति गर्न पाउने अधिकारको हनन् नगर्न र आयोगमै लिन आउने भनेपनि प्रहरीले मानेन् । पाठकले प्रकाण्डलाई अाफ्नो मानव अधिकार हनन् भएको भन्ने गुनासो गरेपछि अाफूहरुले अायोगमा लिन लागेको बताएका थिए । तर, प्रहरीले गाडीलाई चारैतिरबाट घेरा हालेर अगाडि बढ्नै दिएको थिएन ।

प्रकाण्डका छोरा नरेन्द्रबहादुर बिकले गैर कानूनी रुपमा गिरफ्तारी गरेको भन्दै रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि बहस गर्दै सर्वोच्चका न्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको ईजलास प्रकाण्डलाई रिहाईका आदेश गरेको हो ।
बिकले दायर गरेको रिटको पक्षमा एकराज भण्डारीसहित २८ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए भने नं. २ मा विहानैदेखि बहस भएको थियो ।

प्रवक्ता प्रकाण्डसँगै रिफ्तार गरिएका हरिचन्द्र आचार्य ‘विमर्श’ र मानबहादुर श्रेष्ठ भने रिहा भएका छन् ।

उता आजै काठमाडौँ प्रहरीले अनुसन्धानको लागि भन्दै दुई दिनको म्याद थप गरेको छ । काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट २ दिनको म्याद थप गराएको हो ।

प्रकाशित मिति : २०७५ भाद्र १ गते शुक्रवार