• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे मर्मखाेलामा १० बर्ष यताकै ठुलाे बाढी अायाे, सयाैँ राेपनीमा लगाएकाे धान बाली नस्ट


लेकाली अनलाइन
भदौ २, सल्यान ।

गएरातिदेखि परेकाे अबिरल बर्षाका कारण सल्यान कुमाख गाउँपालिकाकाे बेशीमा धेरै किसमानकाे धेरै खेतीयोग्य जमिन कटान गर्नुको साथै सायाै राेपनीकाे धान बाली नस्ट भएकाे छ ।

स्थानीय जिमाली र मर्म खाेलाबाट बाढी उर्लिएर अाउदाँ त्रिवेणी देखि स्यानिपिप्ली सम्मको क्षेत्रमा क्षेती पुगेकाे हाे । बाढीले सयाैँ राेपनीमा लगाएकाे धान बालीमा क्षेती पुर्याएकाे छ भने सयाैँ राेपनी खेतियाेग्य जमिन कटान गरेकाे छ ।

त्यस्तै बाढी मानवीय बस्तीमा पुगेर मोटर बाटो पुर्ण रूपमा बिग्रिएकाे छ । खोला किनारमा रहेका ५ अाेटा घरसम्म बढीकाे उच्च जोखिममा रहेका छन । स्थानीय नविन रावतकाे घरमा रातकाे समयमा बाढी पसेर घरकाे तल्लाे तलामा पानी भरिएकाे उनले बताए । राती दुर्इ बजेदेखि घरभित्रै बाढी पसेपछि घरकाे सामान व्यवस्थापन गर्न अाफुहरुलार्इ समस्या परेकाे रावतले बताए ।

नजिकै इलाका प्रहरी कार्यालय भएपनि समाना उद्दारमा कुनै सहयाेग नगरेकाे रावतकाे दुखेसाे छ । बाढी पसेपछि प्रहरी घरमै अाएकाे तर समान उद्दारमा केहि सहयाेग नगरेर गएकाे भन्दै रावतले दुखेसाे गरेका छन् ।

स्थानीय बुढापाकाका अनुसार याे बाढी १० यताकै ठुलो  भएकाे बताइएकाे छ । अहिले पानीकाे बहाव घटेपछि त्यहाँकाे अबस्था सामान्य बन्दै गएकाे छ ।

तस्बिर : संजिव लामिछाने

प्रकाशित मिति : २०७५ भाद्र २ गते शनिवार