शरद रेग्मी भाद्र २ , दाङ । तुलसीपुर उद्योग वाणिज्य संघले आज शनिवार एक कार्यक्रमका विच विदाई तथा कार्यक्रम सम्पन्न गरेको छ ।
सरुवा भएर काठमाडौं जान लाग्नु भएका ५ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक दिलिप कुमार चौधरीलाई विदाई गरेको छ । विदाई तथा स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नो कार्यकाल सफलता पूर्वक निर्वाह गरेको भन्दै एस.एस.पी. चौधरीलाई वधाई समेत दिएका छन् ।
उनीहरुले जिल्लामा रहदा कार्यक्षमता र दक्षता कै कारण शान्ति सुरक्षा समन्वयकारी भुमिका कायम गर्न सफल भएको वताएका छन् । संघका अध्यक्ष विरवहादुर रावतले एस.एस.पी. चौधरीलाई विदाई गरेका हुन ।
संघका अध्यक्ष वहादुर रावत को अध्यक्षतामा भएको कार्यक्रममा प्रेस
सल्लाहकार शरद रेग्मी मानवअधिकार तथा शान्तिसमाजको जिल्ला सभापतिमा निर्विरोध निर्वाचित हुनु भएकोमा वधाई एवं सम्मान गरिएको थियो ।
त्यसै गरी कार्यक्रममा एस.एस.पी. चौधरीलाई अन्य संघ संस्थाहरुले समेत विदाई गरेका छन् । रिर्पोटर्स क्लव दाङ, अफिसर्स क्लव तुलसीपुर, तुलसीपुर नगरविकास समिति, सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुर र पूर्व प्रह्री संगठनले संयुक्त रुपमा विदाई गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एस.एस.पी. चौधरीले आफ्नो कार्यकालमा महत्वपूर्ण सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विमल रिजाल, सल्लाहकार नारायण खनाल, नगरविकास समितिका अध्यक्ष यज्ञ वहादुर के.सी. ,प्रेस सल्लाहकार शरद रेग्मी, सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष नारायणी रजौरे , लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
यसै विच आज शनिवार सम्पन्न तुलसीपुर उद्योग वाणिज्य संघको बैठकले चाडपर्वहरुलाई मध्यनजर गर्दै शनिवार पनि पसलहरु खोल्ने निर्णय गरेको छ ।
तिज, दशै, तिहार र छठ पर्वसम्म पसलहरु खुल्ला गर्ने निर्णय गरेको महासचिव रुप वहादुर खत्रीले जानकारी दिए ।