पूर्ण के.सी. भदौ २ , दाङ । चलचित्र पत्रकार संघ दाङ शाखाले आज पत्रकार सम्मेलनगरि भदौ ४ गते स्थापना दिवसको कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आयोजक चलचित्र पत्रकार संघ दाङले जानकारी दिएको छ ।
संघका अध्यक्ष डि.आर.एनले पत्रकार सम्मेलन मार्फत कार्यक्रमको तयारीको बारेमा जानकारी गराएका हुन ।कार्यक्रममा स्वागत मन्तव्य संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचीव सन्तोष के.सी.ले गरेका थिए ।वार्सिक उत्सवको अवसरमा रङ्ग पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुरयाएको भन्दै संघका कोषाध्यक्ष शिव पुनलाई सम्मान गरिने कार्यक्रम रहेको संघका अध्यक्ष डि.आर.एनले जानकारी गराए ।