• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

शारदा नगरपालिकाले मदिरा र विलासी वस्तु बाहेक अरुमा कर नबढाउने ( सबै करकाे सुचि हेर्नुहाेस्)


लेकाली अनलाइन
भदौ २, सल्यान ।
सल्यानको शारदा नगरपालिकाले सर्वसाधारण व्यक्तीहरुको लागी चर्काे कर नलागउने नगरप्रमुख सुरेश अधिकारीले बताएका छन् ।

देशभरीका अन्य विभिन्न स्थानीय तहहरुले सर्वसाधारण व्यक्तीहरुका लागी चर्काे कर लगाइरहेको बेला शारदा नगरपालिकाल भने विगत तिन वर्ष देखि कर सुल्क नबढाएको र अब पनि नबढाउने भएको हो । सर्वसाधारणको दैनिकी अबस्था नाजुक भएकाले झन करको भार थपेर अबस्था पछाडी नधकेल्ने नगरप्रमुख अधिकारीले बताएका हुन्

आर्थिक बर्ष २०७५/७६ को क्षेत्रगत बजेट तथा खर्चको सनिबार पत्रकार सँग सार्वजनिक गर्न नगरप्रमुख अधिकारीले शारदा नगरपालिकामा मदिरा र विलासी बस्तुमा मात्रै बार्षिक १० प्रतिशतको दरले कर बढाउने तर सर्वसाधनलाई भने नबढाउने बताएका हुन् । उनले बरु नगरपालिका भित्र करको दायरा बढाउने बताएका छन् ।

शारदा नगरपालिकाले आर्थिक बर्ष २०७५/७६ मा कुल बजेटको ९२ दशमलव ६७ प्रतिशत खर्च गरेको छ ।

हेर्नुहाेस् शारदा नगरपालिकामा अार्थिक बर्ष २०७५/७६ मा लागु हुने कर

शारदा नगरपालिकाकाकाे अर्थिक बर्ष २०७५/७६ काे खर्च विवरण

प्रकाशित मिति : २०७५ भाद्र २ गते शनिवार