• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

रुकुम चौरजहारीमा आधा दर्जन घर पहिरोको जोखिममा


ज्ञानु गौतम भदौ २, रुकुम ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ९ न्यालिबजारका आधा दर्जन स्थानीयका घर पहिरोको जोखिममा रहेको बताइएको छ । उक्त स्थानका कुलबिर बुढाथोकि, अतिराम बुढाथोकि , शसिराम बोहरा, गोरख बोहरा लगाएतका घर जोखिममा रहेको वडा अध्यक्ष महेश स्वर्णकारले जानकारी दिए ।

गए राती परेको अविरल वर्षाका कारण कुलबिर बहादुर बुढाथोकिको घर पहिरो उच्च जोखिममा परेको छ । माथिबाट पहिरो आउने डरले घर छाडेर स्थानीयको घरमा जाने गरेको स्थानिय कुलबिर बुढाथोकिले बताए ।

यसैबिच दाउरा निकालन जादा भेरीमा फसेकि चौरजहारी नगरपालिका वडा नं ३ निबासी मानकुमारी बिक लाई स्थानिय र प्रहरीको सहयोगमा उद्धार गरीएको छ । दाउरा ल्यानउ भेरी नदिमा जादा भेरी बढेर बिच नदिमा परेकि उनलाई सकुसल उद्धार गरीएको प्रहरीले जनाएको छ ।

संकेतिक फोटो फाइल

प्रकाशित मिति : २०७५ भाद्र २ गते शनिवार