• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते


भदौ ३, दाङ ।

दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

जिल्लाको घोराही–लमही सडक खण्डको कुइरेपानीमा गएराति ना ५ ख ६७६७ नम्वरको बसको ठक्करबाट लु ३९ प ३८८२ को मोटरसाइकलमा सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ठक्करबाठ प्यूठानबाट घोराही आउँदै गरेका प्यूठान नगरपालिका–६ माझकोटका १९ वर्षिय पदम गयल मगर, र झिम्रुकका १७ वषिैय यामबहादुर थापा घाइते भएका हुन् ।

दुर्घटनामा परि गम्भीर घाइते भएका दुवै जनालाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचार गरी नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा रिफर गरिएको प्रहरीको भनाई छ । गम्भीर घाइते दुवैको अवस्था सुधारोन्मुख रहेको जनाइउको छ ।

प्रकाशित मिति : २०७५ भाद्र ३ गते आइतवार