• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

ओली सरकार धेरै दिन टिक्दैन, देशमा सेनाले शासन गर्छः सांसद सिंह (भिडियाे सहित)


भदौ ३, काठमाडौँ ।

नेपाली काँग्रेसका युवा नेता सांसद अमरेशकुमार सिंहले संविधान धेरै दिन नटेक्ने भन्दै देशमा सेनाले गर्न सक्ने बताएका छन् । उनले सरकार माफिया र बिचौलियाहरु घेराबन्दीमा परेको बताउँदै संविधान कार्यान्वयन गर्न नसक्ने दाबी गरे ।

“ठूलाठूला कुरा गर्ने ओली सरकार आफै माफियाको घेराभित्र छ” सिंहले माउन्टेन टेलिभिजनका ‘खरो प्रश्न’ मा बोल्दै भने । उनले ओली नेतृत्वको सरकारले काठमाडौंको सडकको खाल्डाखुल्डी समेत पुर्न नसकेको बताउँदै समृद्धि होइन अझैं गरिबी ल्याउँछ ।

नेता सिंहले एनसेललाई कर छुट गर्ने तर गरिबलाई कुनकुनमा कर लगाउने सकिन्छ भन्ने ओली नेतृत्वको सरकारले सपना देख्ने गरेको बताए । “सरकारले देख्ने सपना भनेको एनसेलको कर कसरी छुट गर्ने र गरिबलाई कुन–कुरामा कर लगाउने भन्ने हो” सिंहले भने । उनले संविधान र व्यवस्था असफल पार्न जनताहरु सडकमा उत्रिउन् भन्ने कुराको वातावरण सिर्जना गर्न खोजिरहेको सिंहले आरोप लगाए ।

कार्यक्रममा बोल्दै नेता सिंहले पञ्चायतकालको भन्दा धेरै माफिया र विचौलियाहरु धेरै भएको र उनीहरुको घेराबन्दी तोडेर नेताहरु जान नसक्ने बताउँदै भने, “पञ्चालयकालमा पनि माफिया र विचौलिया थिएनन्, जति यो दश बर्षको अबधिमा जन्मिए । ति सब माफियाहरु राजनीतिक दलका वरिपरि घुमेका छन् र नेताहरु उनीहरुका घेराबन्दी तोडेर जान सक्दैनन् ।” उनले अहिलेको व्यवस्था परिवर्तनको लागि प्रचण्ड र केपी ओलीको कुनै योगदान नभएको बताए । उनले जनयुद्ध प्रचण्डले आफ्नो स्वार्थको लागि गरेका सिंहले दाबी छ ।

गणतन्त्र भनेको एउटा राजा हटाएर चारवटा छोटे राजा बन्ने व्यवस्था भएको बताउँदै नेता सिंहले भने, “राजाको चाहना आफू पनि बन्ने र आफ्ना सन्तान पनि बनाउने भन्ने हुन्छ । तर, गणतन्त्रमा आफू,आफ्ना सन्तान, आफन्तलाई कसरी बनाउँने भन्ने नियत नेताहरुमा हुने सिंहले दाबी गरे ।

अन्तरवार्ताको क्रममा नेता सिंहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कम्युनिस्ट पार्टी नभएको बताउँदै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड कम्युनिस्ट नेता नभएको बताए । उनले नाम राख्दै कोही कम्युनिस्ट हुन नसक्ने भन्दै जीवन व्यवहारमा हेर्नुपर्ने बताए । उनले नेपालमा अधिनायकवाद नआउने समेत बताए ।

भिडियो हेर्नुहाेस्

प्रकाशित मिति : २०७५ भाद्र ३ गते आइतवार