• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

दाङमा कारले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु


भदौ ३, दाङ ।
दाङको देउखुरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा राप्ती गाउँपालिका ७ सिसहनियाका ४९ वर्षका धनबहादुर सुवेदी र सोहि ठाउँका ५० वर्षका विष्णुबहादुर जिसी रहेका वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक अरुणकुमार सिंहले जानकारी दिए ।

पूर्व – पश्चिम राजमार्गको लमही–भालुवाङ्ग सडकखण्ड अन्र्तगत लमही नगरपालिका १ नर्तिमा काठमाडौंबाट भारतको अलमोरा जाँदै गरेको यू.के. १४१५ नम्वरको कारले लमहीबाट भालुवाङ जाँदै गरेको रा १ प ५८८३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७५ भाद्र ३ गते आइतवार