बसन्त पौडेल भदौ ३ , दाङ । पूर्बमाओवादी केन्द्र निकट युवा संगठन योंग कम्युनिष्ट लिग नेपाल ( वाईसिएल) रोल्पाका अध्यक्ष रितमान पुन‘अग्रिम’ले तुलसीपुर १८ बिजौरीमा रहेको े असाहय वाल विकास केन्द«मा सहारा लिइरहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका हुन ।
शैक्षिक सामाग्री हस्तान्त्रण गर्दे वाईसिएलका केन्द्रीय सचिवालय सदस्य समेत रहेका अग्रिमले पछिल्लो समय अनाबश्यकरुपमा फजुल खर्च गर्ने परिपाटीको विकास भैइरहेको भन्दै त्यसो गर्नु भन्दा असहाय बालबालिकालाई सहयोग गरे पुण्य प्राप्त हुने धारणा राखे ।
अनाथ बालबालिकालाई शाहारा दिने थलोका रुपमा रहेको असाहय वाल विकास केन्द« पछिल्लो समय सवैका लागी असाहयहरुलाई सहयोग गर्नुपर्छ भन्ने सिकाई केन्द«का रुपमा विकास भएको छ। परिवार,समाज र आफन्तको माया र आधारभुत आवश्यक्ता प्राप्त गर्न नसकी सडकामा छटपटाई रहेका वालवालीकालाई शाहारा दिनु सबै नागरिकको कर्तब्य रहेको अग्रिम’ले बताए ।
संस्थामा हाल आश्र्रय लिइरहेका १५ जना वालवालीकालाई १५ हजार वरावरको शैक्षिक सामग्री वितरण गरीएको संस्थाका कोषाध्यक्ष सिमा वलीले बताए ।
असहाय बाल विकास मा रहेका अनाथ वालवालीकालाई शैक्षिक सामाग्री वितरण गरी समाजसेवकिय भावनामा उत्प्रेरणा प्रदान गरेकोमा संस्थाका अध्यक्ष बिष्णु चौधरीले वाईसिएल रोल्पाका अध्यक्ष अग्रिमलाई धन्यबाद दिएका छ्न ।