• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

पहिरोले सल्यानमा खानेपानीको पाइप बगाउँदा ७ गाउँका ५ सय घरधुरी समस्यामा


लेकाली अनलाइन
भदाै ४, सल्यान ।
सल्यानमा अविरल बर्षा सँगै आएको पहिरोले एउटै खानेपानी अायाेजनाको पाइप बगाउँदा सात वटा गाउँका सयौँ घरधुरीहरु समस्यामा परेका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे खर्सुबास बाट वडा नम्बर ५ लेखपोखरा आउने खानेपानीको पाइप गएको शुक्रबार अविरल बर्षा सँगै आएको पहिरोले बगाउदा करिब ५ सय घरधुरी खोला तथा कुवाको पानी प्रयोग गर्न बाध्य भएका छन् । घर नजिकै खोला तथा कुवा नहुनेहरुले घण्टौँको दुरीमा गएर पानी ल्याउने समस्या झेलिरहेकाे स्याथीहरुले बताएका छन् ।

वडा नम्बर ४ को झिम्पे दुदिले डोबरा खोलामा ६ मिटरका १४ ओटा फलामका पाइप पहिरोले छेत विछेद बनाएपछि खानेपानी अवरुद्व भएको उक्त खर्सुबास–लेखपोखरा खानेपानी आयोजनाका अध्यक्ष डिल्ली ओलीले लेकाली अनलाइनलाई जानकारी दिएका छन् ।

उक्त पानी झिम्पेको तारुपारे, लेखपोखराको महानेटा, मैनेरी, सेतामारे, पोखरा, दियार गाउँ, पाखापानी गरी ७ गाउँका उपभोक्ताहरुले प्रयोग गर्दै आएका थिए ।

बगाएको खानेपानीको पाइप तत्काल जोड्नको लागी अहिले गाउँपालिका तथा जिल्ला खानेपानी कार्यालय सल्यानमा आग्रह गरेको समितीका अध्यक्ष डिल्ली ओलीले बताएका छन् ।

संकेतिक फोटो फाइल

प्रकाशित मिति : २०७५ भाद्र ४ गते सोमवार