भदाै ४, काठमाण्डाैँ ।
तीज नजिकिदै गर्दा तीजको गीतहरु धमाधम बजारमा आउन थालेका छन् ।
यहि माहौलमा मौलिक तीज गीत “मेरो राजा” पनि बजारमा आएको छ । गीतमा गायक जय देवकोटा र गायिका सिता केसि को आवाज भरिएको छ । बिष्णु जङ्ग शाहको शब्द रहेको गीतमा संङ्गित गायक देवकोटाकै रहेको छ । यस गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ ।
भिडियोलाई धेरै दर्शकहरुले रुचाएका छन् । सुस्मिता बुर्लाकोटी ,मदन खड्का , अमृता थापा र गायक देवकोटाको दमदार अभिनयले गीतलाई जिवन्तता दिएको छ । बिरेन्द्र भट्टले छायांकन गरेको यस गीतको भिडियोलाई निर्देशन भने मदन खड्काले गरेका हुन ।
स्मरण रहोस अमेरिकामा रहेर नेपाली मौलिक गीतलाई माया गर्ने सर्जक बिष्णुजङ्ग शाह नेपाली संगितको दुनियामा आशालाग्दा ब्यतित्व हुन ।
हेर्नुहाेस् भिडियो