• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा आगलागी, यस्ताे छ क्षेतिकाे विवरण


भदाै ४, सुर्खेत ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको शव गृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ। सोमबार दिउँसो साढे तीन बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ।

आगलागीबाट मानवीय क्षति नभएपनि शव गृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिए। उनका अनुसार आगलागीबाट १२ लाखको जेनेरेटरमा क्षति भएको छ।

वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २०७५ भाद्र ४ गते सोमवार