• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे पुरानो हाइस्कुलको ६८ अाैं बार्षिकोत्सव


भदै ४, सल्यान ।

सल्यानको पुरानो विद्यालय त्रिभुवन जन माध्यमिक विद्यालयले आफ्नो ६८ औं बार्षिकोत्सव मनाएको छ ।

बार्षिकोत्सवका अवसरमा विद्यालयले स्मारिका समेत विमोचन गरेको छ । विद्यालयलाई राम्रोसंग चिन्नसक्ने गरि विभिन्न सस्मरण तथा विभिन्न व्यक्तिका विचार समेटिएको स्मारिकाको विमोचन पुर्वमन्त्री तथा संघिय प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले गरेका हुन ।

बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयले विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको छ । विद्यालयका पुर्व शिक्षक, पुर्व विद्यार्थी तथा शिक्षामा योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमका अवसरमा प्रविधिक धार तर्फ सिभिल इन्जिनियरिङका विद्यार्थीले बनाएको नमुना समाजको अवलोकन पनि गरिएको छ ।

विद्यालयका बारेमा प्रधानाध्यापक माधव विक्रम जिसीले जानकारी दिएका थिए । २००८ सालमा स्थापना भएको विद्यालयमा हाल १२ कक्षासम्म पढाइ हुन्छ ।

कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी, पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह लगायत विभिन्न व्यक्तिको सहभाभागिता छ ।

नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक रुपक शाहले गरेका थिए भने सहभागिहरुलाई शिक्षक मधुसुदन शर्माले स्वागत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र ४ गते सोमवार