• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

गतिमा होईन सुरक्षामा प्रतिस्पर्धा गर्न सके सवारी दुर्घटना न्युनिकरण – अध्यक्ष शाह


  1. लक्ष्मण बस्नेत ४ भदौ दाङ । सवारी दुर्घटना न्युनिकरण सम्वन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सोमबार तुलसिपुरमा सम्पन्न भएको छ ।
    ट्राफिक प्रहरी कार्यालय तुलसिपुरको आयोजना तथा छ्हरा यातायात प्राली तुलसिपुर र नमस्ते एकता प्राली तुलसिपुरको समन्वयमा आयोजित कार्यक्रममा सवारी दुर्घटना न्युनिकरण,सवारी चालकमा ट्राफिक जनचेतना, ट्राफिक नियमको पालना लगाएतका बिषयमा बृहत छ्लफल भएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तुलसिपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र शाहले गतिमा होईन सुरक्षामा प्रतिस्पर्धा गर्न सके सवारी दुर्घटना न्युनिकरण हुने बताएका थिए ।
    पछिल्लो समय चुनौतीको रुपमा रहेको सवारी दुर्घटना अत्यधिक गति,आम जनमानसमा सचेतनाको कमि र लापरबाहीका कारणले हुने गरेकाले यसको न्युनिकरणका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।
    अटो ब्यबसायिहरुले उठाएका मागका विषयमा हामि गम्भीर छौ तपाईहरु माथी अन्याय हुनेछैन उनले भने ।
    बिशिस्ट अतिथी तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष नवराज लामिछानेले सवारी दुर्घटना न्युनिकरण तथा सडक सभ्यता अभिबृद्दिका लागि आफुहरु लागि परेको बताए ।
    पुर्वाधार बिकास सगै मानव सम्साधनको बिकास आवश्यकता भएकाले सडक सभ्यता अभिवृद्धि, अटो रिक्साको ब्यबस्थापन, ट्राफिक जनचेतना लगाएतका विषयमा आफुहरु गम्भीर रहेको बताए ।
    कार्यक्रममा अटो रिक्सा ब्यबसायी बिनय शर्मा,तोज बहादुर डागी,कर्मादेवी बिक लगाएतकाले रुट परमिट,दर्ता प्रकृया र पार्किङ लगाएतका विषयमा राखेका जिज्ञासाका बारेमा पनि अध्यक्ष लामिछानेले प्रष्ट पारे ।
    एकता अटो ब्यबसायी समितीका महासचिव पदम चन्दको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसिपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्र बहादुर केसिले सवारी दुर्घटना हुनुको कारण,यसको न्युनिकरण, चालकमा ट्राफिक जनचेतना, चालकको काम कर्तव्य,सवारी चालक अनुमतीपत्र लगाएतका बिषयमा श्रब्यदृश्य मार्फत प्रशिक्षण दिएका थिए ।
    सो अबसरमा झण्डै दुईसय अटो रिक्सा ब्यबसायी तथा चालकको उपस्थिती रहेको थियो !
    छ्हरा यातायात प्राली तुलसिपुरका अध्यक्ष बिकास वलिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सन्चालन ट्राफिक प्रहरी कार्यालय तुलसिपुरका प्रहरी जवान डिल्लिराज आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र ४ गते सोमवार