• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा दलित सेवा संघको सहयोगमा राम्रो आम्दानी गरेका किसानले टनेल निमार्ण गरे


लेकाली अनलाइन
भदौ ४, सल्यान ।
दलित सेवा संघ सल्यानले विभेदमा पारिएका समुदायहरुको जिविकोपाजर्नका लागी प्रयोग गर्न दिएको जमिनमा दलित समुदायीहरुले राम्रो आम्दानी गरेका छन् ।

जिल्लाको शारदा नगरपालिका ६ बरला घट्टेखोलामा २ कट्ठा जति जमिनमा डौडेडाडा कबुलियती तरकारी समुहका व्यक्तिहरुले राम्रो आम्दानी गरेका हुन् । सन २०१७ जुन महिनामा पुनरगठन गरिएको उक्त समुहलाई दलित सेवा संघले जिविकोपाजर्नमा टेवा पुरयाउने उद्देश्यले जग्गाको भाडा आफै तिरेर तरकारी रोप्न दिएको थियो । समुहमा २ जना पुरुष र २० जना महिला गरी जम्मा २२ जना व्यक्तिहरु रहेका छन् ।

समुहका १० जना व्यक्तिहरुले १ वर्षमा कवुलियती तरकारी खेतीबाट २ लाख ३३ हजार ७ सय १६ रुपैया तरकारी उत्पादन गरेको दलित सेवा संघ सल्यानले जनाएको छ । जसमध्य ९५ हजार ८ सय ११ मुल्य बराबरको तरकारी उत्पादन गर्ने समुहकै घरपरिवारले प्रयोग गरेका छन् । बाँकी १ लाख ३७ हजार ९ सय ५ मुल्यको तरकारी बिक्रि गरेर उनिहरुले समुहमा बचत गरेका छन् ।

यस्ताे छ दलित सेवा संघ सल्यानले बनाएकाे उनिहरुकाे सफलताकाे कथा

डौडेडाडा कबुलियती तरकारी समुह सन २०१७ जुन मा पुनरगठन गरिएको थियो । समुहमा २२ जना पुरुष २ जना र महिला २० जना व्यक्तिहरु रहेको छ । समुह सल्यान जिल्ला शारदा नगरपालिका वडा नं. ६ बरला बजार नजिक छ । दलित सेवा संघ द्धारा संचालित विभेदमा पारिएका समुदायहरुको जिविकोपाजर्नन सुधार परियोजना अन्तरगत २ कट्ठा भन्दा कम जमिन भएका दलित समुदायहरुलाई जग्गा भाडामा लिई तरकारी उत्पादन गरि जिविकोपाजर्नमा टेवा पुरयाउदै गरिबी निवारण गर्ने कार्यक्रमको उद्धेश्य रहेको छ ।

समुहमा कबुलियती जग्गामा तरकारी उत्पादन गर्न कवुलियती व्यावसायीक तरकारी खेती तालिम, जलवायु अनुकुलन गाउँ अबधारणा तालिम, लैगिक समता तथा सामाजिक समावेशकिरण तालिम र लघु उद्यमशिलता अभिमुखिकरण तालिम दिई समुहका व्यक्तिहरुलाई क्षेमता अभिवृद्धि गरिएको थियो । समुहका १० जना व्यक्तिहरुले १ वर्षमा कवुलियती तरकारी खेतीबाट २,३३,७१६ ( अक्षररुपी दुईलाख तेतिसहजार सात सय स्रोह रुपैया ) तरकारी उत्पादन गरि रु. ९५,८११ को आपनो घरपरिवारले प्रयोग गरि १,३७,९०५ खुद नाफा गरि विभिन्न सहकारी र समुमा बचत गरेका छन् आ.व. २०७४।०७५ मा कृर्षि विकास कार्यालयको आ.व. २०७४।०७५ मा विनियोजन गरेको तरकारी पकेट क्षेत्र कार्यक्रम अन्तरर्गत समुहका १४ जना व्यक्तिहरुले मितिः २०७५ अषाड १४ गते अनुदानको लागी माग फाराम भरेका थिए ।

व्यक्तिहरुले जग्गाको क्षेत्रफल र प्रति उत्पादन लागतका आधारमा फिल्ड अनुगमन गरि १४ जना व्यक्तिहरुलाई रु. ६०,०००। (अक्षेररुपी साठी हजार रुपैया) अनुदान १४ जना व्यक्तिहरुले मितिः २०७५ साउन १ गते १४ जना व्यक्तिहरुले तरकारी बल्कजोन कार्यक्रम अध्यक्ष धन बहादुर बुढाथोकी मार्फत बुझेका थिय । समुहको २५ औ बैठकबाट, समुहको परनिर्भतालाई कम गदै दिगो रुपमा संचालन गर्न तरकारी पकेट क्षेत्र कार्यक्रमबाट प्राप्त अनुदान रकम रु. ६० हजार रुपैया डौडेडाडा कवुलियती तरकारी समुहको खातामा जम्मा गर्ने र उक्त रकम ऋण स्वरुप परिचालन गर्ने निर्णय गरियो । सोही निर्णय अनुसार कवुलियती तरकारी खेती गर्ने समुहका ६ जना महिलाहरुले रु. १० हजारका दरले कवुलियती जग्गामा टनेल निमार्ण गर्न बार्षिक १२ प्रतिशतका दरले ऋण लिएका छन् ।

हामीले दलित सेवा संघ सल्यानको पहलमा कृषि विकास कार्यालय अन्तरगत तरकारी पकेट क्षेत्र कार्यक्रम बाट अनुदान पाउन सफल भएका हौ । यो पैशा बाढ्दा एकदुई दिन घरखर्च त टर्ला तर दिगो नहुन सक्छ रकमलाई दिगो रुपमा परिचालन गर्न हामीले क्षेणिक स्वार्थलाई त्यागेर समुहमा बचत गरेका हो भन्नुहुन्छ समुहको कोषाध्यक्ष सुन्तली बादी र थप्दै अहिले टनेल तरकारीको लागी आबश्यक छ र टनेल निमार्णको लागी हामी ६ जनाले ६ महिनाको लागी बार्षिक १२ प्रतिशत व्याजमा रु. ६० हजार रुपैया लगेका छौ । ६ महिना पछाडि पुन कवुलियती तरकारी खेती गर्ने ४ जना व्यक्तिहरुलाई ऋण दिई टनेल बनाउन लगाछौ । यो पैशा घुतीकोषको रुपमा हाम्रो समुहमा निरन्तर चलिरहन्छ ।

यहि पैशाले समुहका व्यक्तिहरु सकृय रहने छन् भन्छ । उने हो र टनेल भयो भने तरकारी राम्रो उत्पादन गर्न सकिन्छ भन्नुभयो । त्यसैले समुहको दिगो बिकासको लागी समुहको यो कार्यलाई सबैले अनुसरण गरि समुहको दिगो बिकासमा लागे बिपन्न समुदाएको जिवीको पार्जनमा सजिलो हुनेमा देईमत नभएको समुहको अनुरोध छ ।

दलित सेवा संघ सल्यान
जिवीको पार्जन सुधार परियोजना लाईसेक समुह सल्यान

प्रकाशित मिति : २०७५ भाद्र ४ गते सोमवार