• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

सल्यानमा एक फरार प्रतिवादी २५ बर्ष पछि पक्राउ


लेकाली अनलाइन
भदौ ५, सल्यान ।

सल्यानमा एक फरार प्रतिवादी २५ बर्ष पछि पक्राउ परेका छन् ।

जवरजस्ती करणी मुद्दामा २०५० साल भदौ १६ गते जिल्ला अदालत सल्यानले ३ महिना १८ दिनको कैद फैसला सुनाएकाे शारदा नगरपालिका ४ निवासी अर्जुन कुमार केसी २५ बर्ष पछि पक्राउ परेका हुन । उनलाई २०५६ साल मंसिर ४ गतेपनि साधारण चोरी गरेको भन्दै २३ दिनको फैसला सुनाइएको थियो । तर उनि २०५० सालदेखि नै फरार थिए । यसरी फरार भएका उनलाई २०७५ साल साउन ३० गते २५ बर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

त्यस्तै जिल्ला अदालत सल्यानबाटै ६ महिनाको कदै सजाय सुनाएका बागचौर नगरपालिका ८ निवासी देव बहादुर मल्ल ६ बर्ष पछि पक्राउ परेका छन् । कुटपिट मुद्दामा २०६९ असोज २४ गते फैसला सुनाइएका उनि २०७५ साउन २७ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

त्यसैगरी वन मुद्दामा २ लाख ७५ हजार २ सय ४६ जरिवाना फैसला सुनाईएकी महिला पनि २ बर्ष पछि पक्राउ परेकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ७ निवासी राधिका केसीलाई २०७३ असाउ ९ गते वन मुद्दामा जरिवाना फैसला सुनाईएको थियो । फरार भएकी उनि २०७५ भदौ ४ गते पक्राउ परेकी हुन् ।

पक्राउ परेका उनिहरु सबैलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत सल्यानमा वुझाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र ५ गते मङ्गलवार