• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

जाजरकोटमा खोलाले बगाउँदा दुई जनाको मृत्यु


भदौ ६, जाजरकोट ।

मंगलबार अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाउँदा जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी भेरी नगरपालिका–१ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदारालाई दारखोलाले बगाएको हो।

मिलमा मकै पिस्न जाँदा दारखोला तर्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो।

प्रकाशित मिति : २०७५ भाद्र ६ गते बुधवार