• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यान अस्पतालमा भवन निर्माण गर्दा बिरामीलार्इ सास्ती


भाद्र ६, सल्यान ।
सल्यान जिल्ला अस्पतालमा पुग्नलाइ बाटो थुनिएको छ । अस्पतालको इमर्जेन्सी जाने बाटोको बैकल्पिक बाटो नभएपछि विरामीलाइ सास्ती भएको हो ।

शारदा नगरपालिकाले निर्माण गर्न लागेकोले भवन बनाउदा निर्माण कम्पनीले भएको सडक खोस्रेकोले बाटो बन्द भएको हो । डोजरले बाटो खोस्रेर छोडेपछि विरामीलाइ इमर्जेन्सीसम्म लिन अप्ठेरो भएको छ।

सिकिस्त बिरामी लाई १ सय मिटर भन्दा बढि बोकेर वार्ड र इमर्जेन्सी जानु पर्नेभएको छ । यही कारणले एम्बुलेन्सले पनि ३ दिन देखि सेवा दिन नसकेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र ६ गते बुधवार