• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

पश्चिम सल्यानमा बाँदर र वदेँलले बर्षेबाली सखाप पा¥यो


दुर्गा वि.सी
भाद्र ६, सल्यान ।
सल्यानको पश्चिम क्षेत्रमा वर्षेवाली बाँदर र वँदेलले खाएर सखाप पारेको छ । बर्षेबाली मकै, बदाम, तरुल, गञ्जी, केरा, पिरालु लगाएको पाखा बारीमा दिनहुँ बाँदर र वँदेलले खाएर सखाप बनाएको स्थानीयहरु बताउँने गरेका छन् ।

दर्जनौको बथानमा जगंलबाट आउने बाँदरले बालीनाली खाना थाले पछि घाम झुल्केसँगै बाँदर धपाउन किसानहरु खेतबारीमा पहरा दिने गरेका छन् । सल्यानको साविक मुलखोला वडा ४, ५ च्युरा, च्युरा काँरा, रोकागाउँ र देवस्थलको १ माल्पे, खहरेखोला, वेलखोला, वाग्चौर लगाएतका क्षेत्रमा बाँदरले दुख दिएको स्थानीय खर्कवहादुर विष्टले बताए ।

वर्षातमा मकै बाली वदेलले खाना दिएन भने हिउँदमा बाँदरले हिउँदे बाली खाना नदिएको देवस्थल १ वेलखोला नीवासि प्रकास वुढाले बताए । उनिहरुले बाँदर तथा बदेल डराउनका लागि ठाउँठाउँमा कोले झुन्डाएको र डराउने आकृती बनाएको बताएका छन । त्यती गर्दापनि बालिनाली साखप पारेको उनिहरुको दुखेसो छ ।

घाम झुल्के पछि खेतबारीमा बाँदर पस्ने भएकाले अधिकांश किसानहरु दिनभर आआफ्नो खेतबारीमा पहरा दिन थालेका छन् । दैनिक दिन बाँदरले खेतबारीमा लगाएको बाली नोक्सान पार्न थाले पछि धेरै जसो गाउँलेमा चिन्ता वढेको छ ।

रातमा वँदेलले मकै सखाप पारिदिने गरेको र दिउँसोमा वाँदरले वालीनाली सखाप पारीदिने भए पछि सल्यान पश्चिम क्षेत्रका नागरिक चिन्तीत वनेका हुन् ।

पाक्न शुरु गरेको पाखावारीमा लगाएको मकै खाएर जँगली जनावरले आधासम्म वनाएको विष्टको दुखेसो छ । रातदिन पहरा दिए पनि वाली जोगाउन धौ धौ भएको उनको दुखेसो छ ।

प्रकाशित मिति : २०७५ भाद्र ६ गते बुधवार