• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको सल्लीबजार दाउरे र बाख्रेबजार भयो, सम्बन्धीत निकाय मुखदर्शक


दुर्गा वि.सी.
भदौ ६, सल्यान ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको सदरमुकाम रहेको सल्लीवजार हाल आएर दाउरे र बाख्रेवजारका रुपमा चिनिन थालेको छ ।

बजार अतिक्रमण गरेर सडकमै दाउरा र वाख्रा छाडा छोड्नले सडक साँघुरो हुन पुगेको छ । देशका विभिन्न स्थानबाट आवत जावत गर्ने सवारी साधानलाई समेत प्रत्यक्ष असर पारेको छ । सडक साँघुरो एकातीरको समस्या छ । त्यसै माथि सडकमै पसल थापेर सरसामान व्यापार गरिरहेका छन् भने आर्को तर्फ दाउरा र वाख्रा समेत सडकमा राख्न थालेका छन् ।

प्रहरी प्रशासन ,नगर प्रमुख,उपप्रमुख र १२ वटै वडाका वडा अध्यक्ष जनप्रतिनिधीहरु समेत दैनिक दिन यहि वजारमा भेटिन्छन् । जनप्रतिनिधीले यस तर्फ ध्यान र चासो नदिएको देखिन्छ । सडक अतिक्रणका कारणले आवज जावत लगाएत हरेक समस्या आई परेको र दुर्घटनाका घटना वढिरहेको स्थानीयको भनाई छ । यस तर्फ नगरपालिकाले समेत ठोस योजना ल्याई कार्यन्वयन गर्न नसकेको गुनासो छ ।

सामान्य व्यवहारीक कुरा नहेरी यातायातका साधानलाई दण्डीत गर्ने ट्राफिक समेत विहान देखि वेलुका सम्म यहि वजारमा घुमफिर भैरहेको देखिन्छ । तर यस तर्फ कसैले ध्यान दिन सकिरहेको छैन् । हाल चलनमा रहेको १५ मिटरको सडकलाई अतिक्रमण गरि ६ मिटरमा सिमित पार्दा समेत सवै निकाय मुखदर्शक बनेका छन् ।

छिन्चु जाजरकोट सडक खण्डमा सवारी चलाउने चालक देखि सहयोगि र यात्रुहरुले सम्मले यो वजारको नाम दाउरे र वाख्रेवजार राखेका छन् । वाख्रा देखि दाउरा समेत सडकमै राखेर सडक साँघुरो पारेकोले आवत जावतमा कठिनाई हुने गरेको छ । जसका कारण दिनानुदिन सडक दुर्घटनाका संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

बन्गाड कुपिण्डे नगरपालिकाले सडक अतिक्रण गरि वनाएका घरटहरा हटाउन त टाढै जावस सडकमै निर्माण समाग्रि र दाउरा,वाख्रा र व्यापार गर्नेलाई कारवाहि गर्न सकेको छैन् ।

प्रकाशित मिति : २०७५ भाद्र ६ गते बुधवार