पूर्ण के.सी. भदौ ६, दाङ । घोराहीमा भ्यू टावरको उद्घाटन गरिएको छ । आज प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले टावरको उद्घाटन गरेका हुन ।
भ्यु टावरले आन्तरिक र बाह्यय पर्यटन तान्ने आकलन गरिएको छ । घोराही १८ ढोडेनी गुम्बामा रहेको टावर निर्माणका लागि ४० लाख खर्च भएको छ ।
भ्यु टावर अवलोकनका लागि सर्बसाधारणका लागि ५० रुपैया र बिद्यार्थीका लागि ३० रुपैयाको ब्यबस्था गरिएको छ ।