• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

बागचाैर नगरप्रमुख लोकमान बुढाथोकीको सचिवालयमा ५ जना व्यक्ती नियुक्त


भदाै ६, सल्यान ।

सल्यानकाे बागचाैर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीको सचिवालयमा पाँच जना विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई समाबेश गरिएको छ ।

गएकाे साउन १८ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार थलराज भण्डारी कानुनी सल्लाहकार, टिकाराम भण्डारी (दिपसागर) प्रेस सल्लाहकार, स्वकीय सचिवमा भुम प्रकास भण्डार र चित्र राणालाई जिम्मा दिएको छ । त्यस्तै श्री शिसुजागरण माध्यमिक विद्यालय बानपा ९ खोरबारेका शिक्षक बिरेन्द्र प्रकास डाँगीलाई नगर शिक्षा शाखामा काजमा काज पत्र दिएको छ ।

बुधबार नगर प्रमुख बुढाथोकीले नगरपालिकाको सचिवालय घोषण गर्दै  समृद्ध नगरपालिका निर्माण गर्नको लागी सबैको साथ चाहिएको बताएका छन्।

सोहि कार्यक्रममा बागचौर नगरपालिका वडा नम्बर ९ को लागी केन्द्रले दिएको शहरी स्वास्थ्य केन्द्र निर्माण सम्बन्धि परिपत्रलाई नगर प्रमुख बुढाथोकीले वडा न ९ का वडा अध्यक्ष मोहन चन्दलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र ६ गते बुधवार